Latest Updates :

भारतीय मिडियाले जे लेख्यो : नेताहरुले भारतसँग के–के मागे ?हेर्नुस भारत संग हात फैलाउदै हुत्तियारा नेताहरुले।

SHARE THIS POST :
काठमाडौं, ६ भदौं । भारत भ्रमणमा गएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले भारतसँग सहयोग मागेको खुलासा भएको छ । सम्बन्ध सुधारका लागि भन्दै सरकारको विशेष दूतका रुपमा भदौ २ गते दिल्ली गएका निधीले भारतसँग साथ र सहयोग मागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनले नेपालको संविधान विवाद सुल्झाउन भारतसँग सहयोग मागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको चर्चित पत्रिका अमर उजालामा सोमबार प्रकाशित समाचार नेपालमा समेत निकै भाइरल भइरहेको छ ।
यस्तो छ समाचारः

प्रधानमन्त्री पुष्पकमल दाहालका दूत निधिलाई धेरै नेपालीहरुले राष्ट्रिय स्वाभिमानको ख्याल नगरी आन्तरिक कुरामा सहयोग मागेको भन्दै कडा आलोचना गरिरहेका छन् ।
सरकारी अधिकारीलाई उद्धृत गर्दै लेखिएको समाचारमा निधिले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको भेटमा नेपालको नयाँ संविधानमाथि सर्वमान्य समाधान खोज्नका लागि भारतको साथ मागेको उल्लेख छ । समाचार निधिले भारतीय गृहमन्त्री नेपालमा भारतबाट आपूर्ति बढाउन आग्रह समेत गरेको उल्लेख छ ।
यसअघि आइतबार नेकपा एमालेले भारतमा नेपालको संविधान संशोधनबारे दूतमार्फत छलफल गरेको भन्दै प्रचण्ड सरकारको व्यवस्थापिका संसदमै कडा आलोचना गरेको थियो ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger