Latest Updates :

जबरजस्ती करणी गरेपछि कसैलाई नभन्न दिएको धम्की नमाने पछि सुनसरीमा मालिकाद्वारा काम गर्ने महिलाको हत्या

SHARE THIS POST :
जबरजस्ती करणी गरेपछि कसैलाई नभन्न दिएको धम्की नमाने पछि  सुनसरीमा मालिकाद्वारा काम गर्ने महिलाको हत्या

इटहरी, पुस २२ - एक साता अघी सुनसरीको दुहबी भलुवा नगरपालीका स्थित मनास्लु बोडिर्ङ स्कुल प्राङगणमा मृत अवस्थामा फेला परेकी महिलाको सोही बोर्डीङका प्रिन्सीपल तथा घर मालीक शंकर थापाले यौन प्यास मेटन नपाउदा हत्या गरेको प्रहरीले खुलाएको छ ।

इलाका प्रहरी कार्यालय दुहबीले दिएको जानकारी अनुसार थापाको घरमा काम गर्दै आएकी ३५ बर्षीया पवित्रा बिस्टलार्इ सुरूमा घाँटी थिचेको र पछि धारिलो हतियार प्रयोग गरी निर्मम हत्या गरीएको बताएको छ । महिलाको हत्या लगतै प्रहरी नियन्त्रणमा रहेका घरमालीक तथा मनास्लु बोडिङका प्रिन्सीपल शंकर थापाबिरूद्ध अनुशन्धान गर्दै जादा उक्त हत्या उनलेनै गरेको प्रहरीले दाबी गरेको छ ।

हत्या लगत्तै प्रहरीलार्इ खबर गरेर आफु बच्ने उनको चाल रहेछ बिभिन्न प्रमाणहरू उनि बिरूद्ध छ इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरिक्षक शिवकुमार पोखरेलले बताए । प्रिन्सिपल तथा घरमालीक थापालार्इ ज्यान मारेको उद्योगमा मुद्धा दर्ता गरार्इ म्याद थप गराइएको पनी पोख्रेलले बताए ।

बिगत दुइ बर्षदेखी प्रिन्सिपल थापाको घरमा काम गर्दै आएकी बिष्टमाथी अधिकार जमाउन खोज्दा प्रतिकार गर्ने क्रममा उनको हत्या भएको प्रहरीको दाबी छ । पुर्वेलीबाट

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger