Latest Updates :

सुन काण्डमा डिआईजी आईजीपी को समेत हात सुन काण्डमा,डिआईजी जोगाउने आईजीपीको खेल

SHARE THIS POST :
 काठमाडौं, २८ पुस । सुरक्षाका दृष्टिले संवेदनशील मानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै ३४ किलो अवैध सुन बरामद भएको घटनाप्रति मंगलबार अर्थ समितिको बैठकमा बोल्दै सभापति प्रकाश ज्वालाले भनेका थिए–‘यो अति गम्भीर, उदेकलाग्दो र नांगो विषय हो ।


एक्सरे मेसिनबाट हुने जाँच र अनेकन सुरक्षा तह पार गर्दै कसरी अवैध सुन भित्रिन सक्छ ?’ उनले थपे–‘कि सुरक्षा निकायले तस्करहरूले भूमिगत बाटोबाट सुन ल्याइरहेका छन् र त्यसलाई बन्द गर्न सक्दैनौं भन्नुपर्‍यो ।’ यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

बैठकमा नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्यालले विमानस्थलको भन्सार जाँच गर्ने इकाइमा प्रहरीलाई प्रवेश नै गर्न नदिने बताउँदै भन्सार क्षेत्रमा प्रहरीको उपस्थिति निषेध गरिनु त्रुटिपूर्ण भएको तर्क दिएर आफू चोखिन खोजेका थिए । जबकि, विमानस्थलको सुरक्षा जाँच पार गरेर गोल्डेन गेटमा आएको बेला सिअईवीले सुन बरामद गरेको थियो ।

विमानस्थलको सुरक्षामा ३ सय ५० प्रहरी खटिएका हुन्छन् । त्यस्तै नेपाल प्रहरीको प्रतिआतंकवाद ब्युरो, राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरी संयन्त्र, प्रहरीकै लागूऔषध ब्युरो र नेपाली सेनाको २४ सै घण्टा कडा निगरानी हुन्छ । तर, आईजीपी अर्यालले यस्ता तथ्यहरुलाई गुमराहमा राखि भन्सारलाई मात्र दोष देखाउनुलाई सुन तस्करीमा उनको स्वार्थ लुकेको छ भन्ने आशंका उब्जिएको छ ।
यो प्रकरणमा भन्सार विभागले २९ जना कर्मचारीलाई जिम्मेवारीबाट मुक्त गर्दै छानबिन थालेको छ । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार प्रमुख नारायण सापकोटा र विमानस्थल सुरक्षा प्रमुख गोबिन्द निरौलालाई भने कारबाहीको दायराबाट जोगाउन खोजिएको छ । सबै सुरक्षा घेरा पार गरी गोल्डेन गेटबाट सुन बरामद् हुँदा निरौलाले सुरक्षाको जिम्मेवारी लिनु पर्छ कि पर्दैन ? निरौलालाई विमानस्थलको सुरक्षा प्रमुख बनाएर पठाउने आईजीपी अर्यालले तुरुन्तै निलम्बन गरी सिआईवीको अनुसन्धान दायरालाई फराकिलो बनाउनु पर्नेमा सुन तस्करीमा प्रहरीको संलग्नता छैन भनेर पन्छन मिल्छ ?

प्रहरी स्रोतका अनुसार व्यापारी दिपक मल्होत्रा, पूर्व एआईजी नवराज ढकाल, पूर्व डिआईजी कुमार कोइराला, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अयोग्य पूर्व प्रमुख लोकमानसिंह कार्की, पवन सरिया र केहि भारतीय मुलुकका व्यापारीको दबाबमा आईजीपी अर्यालले ३४ किलो सुन काण्डका दोषीलाई ढाकछोप गर्न छुट्टै समिति बनाउन खोजेका थिए । छुट्टै समिति बनाएर सिआईवीको अनुसन्धानलाई निस्कृय बनाई उनले अवकाशको मुखमा मुख्य अभियुक्तलाई जोगाउन खोजेको खेल भने पूरा नहुने भएको छ । हरेक कुरामा गृहमन्त्री विमलेन्द्र निधीलाई दोषि देखाएर आफूमात्र स्वच्छ हुँ भन्ने अर्याललाई अनुसन्धानमा सिआईवी नै सक्षम छ अर्को समिति चाहिंदैन भन्दै निधीले सुझाव दिएपछि उनको स्वार्थ पूरा हुन पाएन ।

सिआईवीले प्रारम्भिक अनुसन्धानमा नै एयरपोर्टका प्रहरीको संलग्नता विना सुन तस्करी हुन नसक्ने निष्कर्ष निकालेको छ । सिआईवीका अधिकारीले एयरपोर्टका प्रहरीसँग समन्वय नगरी अप्रेसन गरेर संगठनकै बद्नाम गराएको भन्दै आईजीपी अर्यालले आपूm निकटकालाई बताउने गरेका छन् । सिआईवीका एक प्रहरी अधिकारीका अनुसार डिआईजी गोविन्द निरौलालाई तुरुन्तै निलम्बन गरी हेडक्वार्टर झिकाएर अनुसन्धान नथाल्ने हो भने सुन तस्करीको मुख्य गिरोहसम्म प्रहरी पुग्न सक्दैन ।


नेपाली सानो बच्चा छाडा अश्लील शब्दहरु बोल्दै। 

विजयलाल कायस्थ विमानस्थलको सुरक्षाप्रमुख भएदेखि नै हुँदै आएको सुन तस्करीप्रति आईजीपी अर्याल जानकार थिए । तर, सुन तस्करी प्रकरणमा अर्यालको पनि स्वार्थ लुकेको हुँदा निरौलालाई कारबाही गर्न उनी चाहँदैनन् ।

यसअघि सुन तस्करी प्रकरणमै डिआईजी गोपाल भण्डारी र एसएसपी रविराज श्रेष्ठलाई कारबाही भएको थियो । तर, एयरपोर्टको सुरक्षा सम्हालेर बसेका डिआईजी निरौलाको कमजोर चेन अफ कमाण्डका कारण वा उनकै संलग्नतामा सुन तस्करी भएको हो ? सिआईवीले तुरुन्तै पत्ता लगाउन सक्नुपर्छ र आईजीपी अर्यालले यसमा हस्तक्षेप गर्न नहुने एक प्रहरी अधिकारी बताउँछन् ।

सिआईवीले अहिले सुन तस्करीमा पक्राउ परेका गोपालबहादुर शाही, दीनबन्धु थापा र सन्तोष काफ्लेको टेलिफोन कनेक्सन अध्ययन गरिरहेको छ । विमानस्थलको भन्सार जाँच क्षेत्रको सीसीटीभी फुटेजसमेत ल्याएर सिआईवीले अनुसन्धान अघि बढाइरहेको छ ।

स्रोतका अनुसार सुनको असली मालिक नेपालभित्रैको हो भन्नेमा अनुसन्धान नजिक पुगिसकेको छ । प्रहरीले बरामद गरेको सुनमा २ सय ८२ वटा दस तोलाको बिस्कुट, १८ वटा सिक्री र १९ वटा औंठी थियो । बरामद सुनको बजार मूल्य करिब १५ करोड रुपैयाँ छ । अवैध तरिकाले ल्याइएको सुनमा प्रतिकिलो करिब पाँच लाख रुपैयाँ फाइदा हुन्छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger