Latest Updates :

नेपाली राजदूतमाथि लाग्यो भूकम्पपीडितका नाममा उठेको करोडौं नबुझाएको आरोप

SHARE THIS POST :
काठमाडौं, ५ माघ । अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीले भूकम्पपीडितका नाममा उठेको करोडौं रकम नेपाल सरकारलाई बुझाउन आनकानी गरेको समाचार प्राप्त भएको छ । आजको घटना र विचार साप्ताहिकमा खबर छ ।
गत सालको बैशाख १२ गते महाभूकम्प गएपछि संयुक्त राज्य अमेरिकाको विभिन्न स्थानमा गर्ने नेपाली राहत रकम जुटाउन सक्रिय भएका थिए । त्यसरी नेपाली सक्रिय हुँदा त्यहाँ साठी लाख अमेरिकी डलर अर्थात साठी करोड नेपाली रुपैयाँ बराबर नगद उठेको थियो । उठेको रकम मध्धे राजदूत कार्कीले ५२ लाख ३६ हजार अमेरिकी डलर नेपाल सरकारलार्य गट बर्ष नै बुझाईसकेका छन् । तर, उठेको रकममध्ये सात लाख ६४ हजार डलर अहिलेसम्म बुझाएका छैनन् । र नेपाल सरकारले त्यसको खोजी पनि गरेको छैन् ।


अमेरिकामा रहेका नेपालीले ‘बाँकी रकम कहिले बुझाउने’ भनेर जिज्ञासा राख्दा राजदूत कार्की स्पष्ट जवाफ नदिई तर्किने गरेका छन् । पछिल्लो समयमा त जिज्ञासा राख्दा कार्की झर्किनेसमेत गरेका छन् ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger