काठमाण्डाै । एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्मा अराजक र उद्दण्ड नबन्न तथा गैरसंसदीय काममा सरिक नहुन सांसदलाई निर्देशन दिएका छन्। उनले आफूहरूले संसद्भित्र मर्यादित र शान्तिपूर्ण तारिकाले विरोध गर्ने भएकाले नेतृत्वको निर्देशनअनुसार चल्न निर्देशन दिएका हुन्।
पार्टी संसदीय दलको बैठकमा सोमबार सांसदलाई निर्देशन दिँदै ओलीले संविधान संशोधन प्रस्ताव अघि बढ्न नदिने बताए। ‘एमाले संसद्मा मेचटेबुल भाँच्ने, माइक फुटाउने पार्टी होइन, शान्तिपूर्ण र मर्यादित विरोध गर्ने हो। तपाईंहरू नेतृत्वको निर्देशनअनुसार चल्नुहोला, हामी अगाडि हुन्छौं,’ उनले भने।
नेतृत्वको संकेत र भाषा बुझेर अगाडि बढ्न उनले सांसदहरुलाई आग्रह गरे। ‘केही गर्नुपर्यो भने हामी अगाडिबाट कमान्ड गर्छौं, तपाईंहरू भाषा बुझ्नुहोला, बीचैमा उभिएर प्रस्तुत हुने अभद्र र अमर्यादित स्थिति हामीबाट हुनुहुँदैन, अगाडिबाट जे कमान्ड हुन्छ। तपाईंहरूले त्यसैलाई निर्देशनका रूपमा मान्नुहोला’, उनलाई उद्धृत गर्दै एक सांसदले भने।
तीन दलको सोमबारको बैठकमा आफूले सत्तापक्षका नेतालाई संशोधन प्रस्ताव अघि बढ्न नदिने र बढ्न नसक्ने बताएको ओलीले जानकारी दिए। ‘रातारात चोर बाटोबाट ल्याइएको, राष्ट्रलाई दीर्घकालीन रूपमा अहित गर्ने संशोधन प्रस्ताव कुनै हालतमा एमालेले अघि बढ्न नदिने सत्तापक्षलाई आज पनि बताएको छु’, ओलीलाई उद्धृत गर्दै सांसद डा. राजन भट्टराईले भने।
ओलीले प्रदेश २ मा पनि पहाड मिलाएर विगतमा भएको कमजोरी सच्याइने बताए। प्रदेश २ सुक्खा प्रदेश भएको गुनासो आफ्नै पार्टीभित्रबाट आएको बताउँदै ओलीले संविधान कार्यान्वयन गर्दै जाँदा दुई नम्बर प्रदेशमा पनि पहाड मिलाउने जानकारी गराए।
‘दुई नम्बर प्रदेशलाई किन सुक्खा प्रदेश बनाइयो भन्ने आवाज दुई नम्बर प्रदेशकै जनताबाट आएको छ’, ओलीले भने, ‘हिजो संविधान बनाउँदा यसमा कमजोरी भएको छ। समयक्रममा संविधान कार्यान्वयन गर्दै जाँदा यस प्रदेशमा पहाड पनि मिसाउनुपर्छ’, उनले भने।
सासंदहरूलाई सरकारले संसद्मा विवादित संशोधन प्रस्ताव टेबुल गरे प्रतिकार गर्नसमेत अह्राए। सरकार संशोधन प्रस्ताव सजिलै फिर्ता गर्ने पक्षमा नरहेको भन्दै उनले निकै ठूलो धक्का आवश्यक रहेको बताए।अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा खबर छ ।