यशुको बच्चा आफूले जन्माउन लागेको १९ वर्षे किशोरीको दाबी-हेर्नुहोस भिडियो सहित।
अमेरिकाकी १९ वर्षे किशोरी हेलीले सबैलाई आश्चर्यमा पार्ने दाबी गरिरहेकी छिन् । आफू ९ महिनाकी गर्भवती रहेको आफूले छिटै एउटा खास बच्चालाई जन्म दिन थालेको उनको दाबी छ ।
आफ्नो गर्भमा जिसस क्राइस्टको बच्चा रहेको उनी बताउँछिन् । यद्यपि उनको त्यस्तो दाबीलाई उनकै परिवारले झुटो भनिरहेको छ तर उनी भने आफ्नो दाबीबाट पछि हट्नेवाला छैनिन् ।
अमेरिकाको चर्चित टेलिभिजन शो द फिलमा उनले दुनियालाई नै तिनछक पार्ने कुरा गरिन् । गर्भमा रहेको बच्चाले गरिरहेका क्रियाकलापहरु ऋाफुले महसुस गरिरहेको उनी बताउँछिन् । उनका अनुसार एकरात एक्कासी कसैले उनको पेटमा लात्ताले हान्यो । जब उनले आफ्नो पेट छोइन् तब उनले नाइटोको मुनिपट्टि बच्चाको शिर जस्तो वस्तु अनुभव गरिन् । आफ्नो गर्भमा यशुको बच्चाले गर्भाधारण गरेको र छिटै भगावनको बच्चालाई जन्म दिने उनको भनाइ छ ।
यद्यपि उनको यो दाबीको कुनै मेडिकल प्रुफ भने छैन । डाक्टर तथा अल्ट्रासाउण्ड रिपोर्टका अनुसार उनी गर्भवती नै छैनिन् । आमा क्रिस्टीले पनि छोरी झुटो बोलिरहेको बताउँछिन् । हेली झुटो बोल्न माहिर भएको आमा क्रिस्टी बताउँछिन् ।
तर हेलीको पेट भने साँच्चीकै ९ महिनाकी गर्भवतीको जस्तै फूलेको छ । यसरी बढेको पेट तथा पेटमा हुने दुखाइको कारण चाहीँ पेटमा जम्मा हुने ग्यास गोला रहेको डाक्टरहरुको भनाई छ । टेलिभिजन शो मै डाक्टर पनि उपस्थित थिए । डाक्टरका अनुसार सोही ग्यास गोलाका कारण हेलीलाई पेटमा दुखाई महसुस हुन्छ र हिँडडुल गरेको तथा आराम गरेको बेलामा पेटभित्र केही चिज चलेको जस्तो लाग्दछ ।
तर हेली कसैको कुरा पत्याउनेवाला छैनिन् । अरुले मानून् वा नमानून् आफु गर्भवती रहेको र जिससको बच्चा छिटै नै जन्माउनेवाला रहेको अड्डी उनको छ ।
