Latest Updates :

जब प्रेमी नै राक्षस भएर निस्किएपछि

SHARE THIS POST :
ऋुतु महासेठ । २० वर्षको लाउलाउँ खाउँखाउँको उमेर । जनकपुर तुलसियाहीबाट काठमाडौंमा पढ्दै थिइन् ।
विद्यालयसमेत सँगै भएका उनीहरु मिल्ने साथी थिए पप्पु पूर्वे । मायाप्रेम थियो, उनीहरुको । केही वर्षअघि पप्पु वैदेशिक रोजगारीका लागि बिदेशिए ।



पप्पु विदेशिएपछि पनि ऋतुको पढाइमा कुनै कमी आएन । पढाईमा अब्बल रहेकी उनी काठमाडौंको मैतीदेवीमा होस्टलमा बसेर पढ्दै थिइन् । तर, दुई जनाको सम्बन्धमा भने केही समयदेखि दरार उत्पन्न भएको थियो ।

२०७१ साल मंसिर २० गते बिहान ११ बजेतिर गुहेश्वरीमा साथी गीताको बिहेमा जाँदै गर्दा सेतोपुल नजिकको पेट्रोल पम्पमा पप्पु राक्षस भएर निस्किए । अनुपा र कञ्चन नाम गरेका दुई जना साथीसँगै रहेकी ऋतुलाई ‘धोकेबाज’ पप्पुले लगातार पाँच पटक छातीमा छुरी धसे ।

छातीमा छुरी धसिएकी ऋतुलाई तत्कालै उद्दार गर्न प्रहरी आएन । ऋतुलाई सिनामंगलस्थित काठमाडौं मेडिकल लगियो । उपचार सम्भव भएन । लगत्तै शिक्षण अस्पताल महाराजगन्ज लगियो । केहीबेरमै उनलाई चिकित्सकलाई मृत घोषणा गरे । अनलाइन दैनिक बाट साभार  भिडियो हेर्न तलको बाकस थिच्नुहोस

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger