Latest Updates :

बाबा र ममीको यौनसम्पर्क गरिरहेको प्राय थाहा पाइरहन्छु कुनैबेला त देखेरपनि नदेखे जस्तो गर्नुपर्छ ।

SHARE THIS POST :
(बाबा र ममीको यौनसम्पर्क गरिरहेको प्राय थाहा पाइरहन्छु कुनैबेला त देखेरपनि नदेखे जस्तो गर्नुपर्छ । जसको कारण मेरो मनमा उहाँहरु प्रति नराम्रो छाप बसेको छ । यसले गर्दा मलाई दिक्दार लाग्न थालेको छ । यो परिस्थितिमा म कसरी सफलता हासिल गर्नसक्छु ?)

✍ कतिपय परिवारमा अभिभावकहरु बीचको यस्तो यौन
क्रियाकलापका गतिविधिहरु भएका हुन्छन र कतिपय
छोराछोरीहरुले थाहा पाएका हुन्छन् । यो एक
किसिमको खुल्ला गोपनीयता जस्तै हुने गरेको धेरै
बालबालिकाले आफ्ना मिल्ने साथीहरुसँग
गुनासो गरेको हुन्छन् । त्यस्तो अनुभव गरेको प्राय
छोराछोरीहरुले यसलाई समान्य रुपमा नै लिएका हुन्छन्
। तरपनि सबै बालबालिकाले
अभिभावकहरुको यस्तो व्यवहार सामान्य
रुपमा स्वीकार्न सकेका हुदैनन् ।
छोराछोरीहरु जो किशोर अवस्थामा पुग्न थाल्दछन,
उनिहरुको शारीरिक मानसिक र संवेगात्मक परिवर्तनहरू
तीव्र गतिले भइरहेको हुन्छ । सम्झनुहोस् त तपाई
आजभन्दा २–४ वर्ष अघि कस्तो हुनुहुन्थ्यो ? शरीर
सानो थियो होला । महिनावारी भर्खर शुरु
भएको थियो होला । स्तन दुख्ने र विस्तारै त्यो स्तन बढ्दै
जान थाल्यो होला । यी परिवर्तहरुसँगै तपाईमा यौन
आकर्षण वा यौन प्रतिको रुचि र त्यसलाई नजिकबाट
नियालेर हेर्न खोज्ने स्वभाव विकास भएको हुनुपर्दछ ।
त्यसैले, तपाईले बाबा ममीले गरेको यौन
क्रियाकलापको हेक्का राख्न थाल्नुभयो ।
अभिभावकहरुले यौनसम्पर्क
गरेको थाहा पाउँदा तपाईलाई उहाँहरू प्रति घृणाभाव
विकास हुनु पनि तपाईमा हुर्कदै गरेको यौन भावना र
चाहानाको उपज हो । यसमा तपाईले दिक्क
वा अप्ठयारो मान्नु भन्दा पनि सहज र सामान्य
रूपमा लिनुपर्छ । विर्सनु नहुने कुरा के भने तपाई
हामी यदि हाम्रा आमबुबाले यौन सम्पर्क नगरेको भए
जन्मिने नै थिएनौ । त्यसैले, स्वीकार्न पर्ने कुरा के हो भने
जसका पनि आमाबुबाले यौनसम्पर्क गर्छन । बरु
उनीहरूको यौन सम्पर्कलाई गोप्य राख्न र सहज
बनाइदिन तपाईले गर्न सक्ने सम्मको मद्दत गर्नुपर्छ ।
नरिसाइकन अनुकुल वातावरण भएको समयमा राम्रोसँग
कुरा गर्न सक्नुहुन्छ, छोरीले ममीसँग र छोराले बाबासँग
कुरा गर्न कुनै अप्ठ्यारो मान्न पर्दैन ।
यौनका बारेमा खुलेर कुरा नगर्दा त्यसले सधैं
नराम्रो असर पारिरहेको हुन्छ ।
बाबाममीको यौन कृयाकलापहरु तपाईले
थाहा पाएको छैन भन्ने लागेको हुनसक्छ
वा यदि थाहा पाएको छ भन्ने लागेको भएपनि तपाईले
आफुलाई उहाँहरुको कृयाकलापका कारणले
परेको समस्या यथार्थमा स्पष्टसँग भन्दा राम्रो हुन्छ
किनकि कसरी गोपनीयता कायम गर्ने भन्ने र उहाँहरुबिच पनि कुृराकानी हुन पाउँछ ।
कुरा रह्यो तपाइलाई बाबाममीको यौनसम्पर्कले
गर्दा दिक्क लागेको कुरा, यो दिक्क मान्न पर्ने
कुरा होइन । किनकि समाजले यसलाई
लाजसरमको विषयबस्तुको रुपमा लिएको हुनाले
हामीलाई पनि त्यसको प्रभाव परेको हो । यौन र
यौनिकताका बारेमा हामीले कहिल्यै
पनि सही जानाकारी नपाएको कारण र अझ
त्यससम्बन्धी भ्रमहरु धेरै भएकाले दिक्क लागेको मात्र
हो । श्रीमान श्रीमति बीचमा यौनसम्पर्क हुनु सामान्य
कुरा हो । त्यसको समाधानको उपाय तपाईसँग मात्रै छ
जुन अत्यन्तै सहज तरिकाले समाधान गर्नसक्नु हुन्छ

13. किन यौन अङ्गहरुमा कहिलेकाहिं गन्हाउँने र चिलाउने गर्दछ ?

✍ यौन अङ्गहरुमा चिलाउनुको पछाडि विभिन्न कारण
हुन सक्छन् । राम्रोसँग सफाइ नगर्नु एउटा प्रमुख कारण
हो । चिलाउदा कन्याउने गर्दा पाछिएर रातो हुन्छ र
सुन्निने गर्दछ । त्यसैले सर सफाइ गर्नु निकै जरुरी छ । कम्तीमा दिनको एकपल्ट साबुन पानीले यौन अङ्गहरु
सफा गर्ने गर्नुपर्दछ । तर, धेरै नै चिलाउँछ भने तुरुन्त
स्वास्थ्यकर्मी कहाँ जँचाउनु पर्दछ किनकी यो कुनै
संक्रमणको लक्षण पनि हुन सक्दछ ।

*के हो प्रजनन अङ्गको सङ्क्रमण ?
=>प्रजनन अङ्गहरूमा प्राकृतिक रूपमा धेरै
प्रकारका जीवाणुहरू हुन्छन् । विभिन्न कारणले
शरीरमा रोगसँग लड्नसक्ने शक्ति कम
भएको बेलामा जीवाणुहरूको अत्यधिक वृद्धिभई हुने
सङ्क्रमणलाई प्रजनन् अङ्गको सङ्क्रमण भनिन्छ ।
यी सङ्क्रमणहरू प्रजनन् अङ्गको सङ्क्रमण भएको व्यक्तिसँग
असुरक्षित यौन सम्पर्क राख्दा सर्ने सम्भावना हुन्छ ।
त्यसैले यसलाई यौन संक्रमित रोग भनिएको हो ।
जस्तैः भिरिङ्गी, सुजाक, मुसा, लुतो आदि यसका उदाहरणहरू हुन् । यौन संक्रमण
भएको बेला असुरक्षित यौन सम्मर्क
गर्दा एचआईभी पनि सजिलैसँग सर्न सक्छ । कतिपय
किसिमका यौन संक्रमण यौन सम्पर्क गर्दा मात्र पर्छ
भन्ने छैन । जस्तै जुतो संक्रमित व्यक्तिसँग हात
मिलाउँदा, संक्रमित व्यक्तिसँग सुत्दा, संक्रमित
व्यक्तिले प्रयोग गरेको कपडा प्रयोग गर्दा आदि । तर,
जुठो खाँदा एउटै चर्पीको प्रयोग गर्दा भने सर्दैन ।
एचआइभी भने असुरक्षित तरिकाले
(कण्डमको सहि तरिकाले प्रयोग नगर्दा) यौन सम्पर्क
गर्दा मात्र सर्दछ । यस बाहेक यौन
सम्पर्कका अनेकौ विधिहरु प्रयोग गर्नेहरु जस्तैः गुदद्वार मैथुन, मुख मैथुन, आदिबाट पनि सर्न सक्दछ । कुनैकुनै यौन
रोगहरू रगत तथा निर्मलीकरण नगरिएका सिरिन्जबाट
पनि सर्दछन् । यदि हात सफा छ भने हस्तमैथुनबाट मात्रै
यौन रोग सर्दैन ।

*उपचार गर्दा के के कुरामा ध्यान दिनुपर्छ ?
=>समाजमा चलेको हल्ला र अरु मानिसको हल्लाका भरमा जथाभावी उपचार गर्न थाल्दा प्रतिकुल असर परी ठूलो समस्यामा परिन सक्छ । किनकि यौनाङ्ग शरीरको अत्यान्तै सम्बेदनशिल
अङ्गमा पर्दछ । त्यसैले स्वास्थ्यकर्मीले दिएको सल्लाह
अनुसार नै उपचार गर्नुपर्दछ र
दिइएको औषधि पूरा समयसम्म नियम पूर्वक प्रयोग गर्नुपर्दछ । औषधिको प्रयोग पूरा समय
नगर्दा रोग सुषुप्त अवस्थामा रहिरहेको हुन्छ र
पछि फेरि बल्झिएर अरू बढी जटिलताहरू निम्त्याउँछ ।

*यौनसंक्रण यसबाट कसरी बच्न सकिन्छ ?
=> यौन सङ्क्रमणबाट बच्ने धरै तरीकाहरू छन् । सानै
उमेरमा यौनसम्पर्क नराख्ने किनभने उनीहरूमा यौन
सम्पर्कलाई कसरी सुरक्षित बनाउने भन्नेनै थाह हुँदैन र
यौनाङ्गमा चोटपटक लागेमा पनि संक्रमण हुन सक्दछ ।
हाम्रो समाजमा बाल विवाह गर्ने प्रचलन भएकोले
महिलाहरू अझै धेरै जोखिममा छन् । यस्तो प्रचलन हटाउने
अभियानमा लाग्नुपर्छ ।
यौन सम्पर्क श्रीमति वा अविवाहित भए र यौनसम्पर्क
गर्नै पर्ने अवस्था आएमा विश्वासिलो साथीसँग मात्र
राख्नुपर्छ । सामान्यतया हाम्रो सामाजिक
संरचनामा महिलाको भन्दा बढी पुरुषहरूको यौन
व्यवहार जिम्मेवारपूर्ण नहुनाले गर्दा महिलाहरूले एकै
जना साथीसँग यौन सम्पर्क
राख्दा पनि जोखिममा परेका छन् ।
सुईको प्रयोग गर्नुपरेमा निर्मलीकरण
गरेको वा डिस्पोजेबल सुईको प्रयोग गर्नुपर्दछ । रगत
लिँदा सधै जाँच गरिएको रगत मात्र लिनुपर्दछ ।
एक जनाभन्दा बढी व्यक्तिसँग यौन सम्पर्क हुन्छ भने
पनि कन्डमको सही तरीकाले प्रयोग गर्नेे र
महिलाहरूमा पनि पुरुषलाई कन्डम प्रयोग गर्न प्रोत्साहन
गर्ने क्षमताको विकास हुनु अति आवश्यक छ । परिवार
नियोजनका अस्थायी साधनहरु कण्डम बाहेक सबैले यौन
संक्रमणको रोकथाम गर्न सक्दैन किनकि तिनीहरु
गर्भनिरोधको लागि मात्र बनाइएका हुन ।
कण्डमको सही प्रयोगले भने यौनसंक्रमणका साथै
गर्भनिरोधको पनि काम गरिरहेको हुन्छ । कण्डम लगाएर
यौन सम्पर्क गर्दा मज्जा आउँदैन भन्ने हल्लाको प्रभावले
गर्दा यस प्रति भ्रम पैदा भएको छ ।
वास्तवमा अतिसामान्य रुपमा फरक
परेको भएतापनि सधै कण्डम लगाउँने

बानी भएपछि त्यसमा यौन आनन्दमा कुनै फरक पर्दैन ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger