Latest Updates :

यि हुन् श्रीमान त्यागेर हिन्दु धर्म रोजेकी साहसी नेपाली नारी, यिनको सम्मानमा प्रत्येक हिन्दुले एक सेयर गर्नुहोस

SHARE THIS POST :
यि हुन् श्रीमान त्यागेर हिन्दु धर्म रोजेकी साहसी नेपाली नारी, यिनको सम्मानमा प्रत्येक हिन्दुले एक सेयर गर्नुहोस
सुनिता भन्छिन् -बरु लोग्ने त्याग्छु, हिन्दु धर्म त्याग्दिँन !


नेपाली सानो बच्चा छाडा अश्लील शब्दहरु बोल्दै। 


भुवनलाल श्रेष्ठका १ छोरा र २ छोरी मध्येकी जेठी छोरी हुन् सुनिता । सुनिताले ०६८ सालको चैत महिनामा रामेछापकै हिमगंगा गाविसका नरबहादुर सुनुवारसँग भागी विवाह गरिन् ।
त्यतिबेला उनी ९ कक्षामा पढ्दै थिइन् भने सुनुवारले एसएलसी दिएका थिए । सुनुवारको एसएलसी परीक्षा सकिएकै दिन उनीहरुले भागी विवाह गरे । ०६९ साल वैशाख २५ गते प्रेमको निशानीको रुपमा उनीहरुको छोरी पनि जन्मियो । सम्बन्ध पनि राम्रै थियो ।
सुनिताले विवाह गर्नु अघि नरबहादुरका माहिला दाजु नरेश सुनुवार क्रिश्चियन धर्म मान्दथे । परिवारका अन्य सदस्यहरुले हिन्दु धर्म नै मान्दथे । उनको विवाहपछि श्रीमान नरबहादुरसहित र परिवारका अरु सदस्यहरुले पनि हिन्दु धर्म परिवर्तन गरी क्रिश्चियन धर्म मान्न थाले ।
परिवारमा सुनिता मात्र हिन्दुधर्म मान्ने भइन् । त्यसपछि उनीमाथि धर्म परिवर्तनका लागि दबाव सुरु भयो ।
सुनिताले भनिन्, ‘छोरी बारम्बार बिरामी पर्न लागी, त्यसको सबै दोष मैले धर्म परिवर्तन नगरेको भनेर लगाइयो । छोरीलाई उपचारका लागि काठमाडौं लगें । त्यहाँ पनि श्रीमानले धर्म परिवर्तन गर्न दबाव दिए । धर्म परिवर्तन नगरेको भन्दै छोरी र मलाई वास्तै गरेनन् ।’
काठमाडौंमा आफन्तकोमा बसेर छोरीको उपचार गराएपछि सुनिता घर फर्किन सकिनन् र माइतमै बसिन् । हिन्दु धर्म त्यागेर क्रिश्चियन धर्म मान्न दिन-रात दबाव दिने परिवारबाट उनले आफू र छोरी असुरक्षित भएको महसुस गरिन् ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger