Latest Updates :

लाग्ने भयो अब नेपाल–भारत सिमानामा काँडे तारबार, भारत जान र आउन भिषा प्रणाली सुरु हुने

SHARE THIS POST :
लाग्ने भयो अब नेपाल–भारत सिमानामा काँडे तारबार, भारत जान र आउन भिषा प्रणाली सुरु हुने
काठमाडौं। राजधानीमा जारी नेपाल र भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को बैठकमा दुई देशबीच भिषा प्रणाली लागु गर्ने विषय जोडतोडका साथ उठेको छ ।

 नेपाल–भारत सीमामा तारबार गरी भिसा प्रणाली लागु गर्ने विषयमा यस अघि विभिन्न चर्चा समेत हुँदै आएको थियो । जारी बैठकमा भारतले खुला सिमानाका कारण सुरक्षा खतरा बढेको भन्दै सीमा बन्द गरी भिषा प्रणालीको प्रस्ताव गरेको बताइएको छ ।
अमेरिकाले समेत नेपाल आतंकवादीको क्रिडास्थल बन्न सक्ने चेतावनी दिँदै भारतले खुला सीमा बन्दको प्रस्ताव अघि सारेको बताइएको छ ।

यसविषयमा दुबै देशका विज्ञहरुले ठोस निष्कर्ष निकालेर खुला सीमा बन्द गर्नका लागि आ–आफ्ना देशको सरकारलाई सुझाव दिइने बताइएको छ ।

नेपाल र भारतबीचका सबै खाले सन्धि र सम्झौता पुनरावलोकन गरी सुझाव दिन बनेको प्रबुद्ध समूहको बैठकमा सीमा बिवाद हल गर्नेदेखि लिएर आर्थिक साझेदारीसम्मको छलफल भएको छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger