Latest Updates :

४१ वर्षदेखि शिक्षण अस्पतालभित्रै गाडिन्छ शव :

SHARE THIS POST :

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरभित्र आठ आना खाली जग्गा छ । त्यो जग्गा ४१ वर्षदेखि चिहानका रुपमा प्रयोग गर्ने गरिएको छ । फरेन्सिक मेडिसिन विभागअगाडिको जग्गामा सनाखत नभएका हजारौं शव गाडिएका छन् ।

६ महिनायता सनाखत हुन नसकेका एक सय ३७ शवमध्ये असोजमा ८४ र पुसमा ५३ शव खातमाथि खात लगाएर गडिएका छन् ।  शव राम्रोसँग नपुरिँदा त्यस क्षेत्र दुर्गन्धितसमेत हुने गरेको छ ।

सरकारले छुट्टै जग्गाको व्यवस्था नगर्दा सनाखत नभएका शव अस्पताल परिसरको खालि जग्गामा गाडिँदै आएको फरेन्सिक मेडिसिन विभागका प्रमुख दामोदर श्रेष्ठले बताए ।

विद्यार्थीलाई नचाहिने भाग खाल्डोमा हालिन्छ

त्रिवि शिक्षण अस्पतालमा एमबिबिएस पढाइ सुरु भएसँगै ०३२ देखि विद्यार्थीको अध्ययनका लागि मृत शरीर वीर अस्पतालबाट व्यवस्था गर्ने गरिएकोे थियो । विद्यार्थीलार्इ आवश्यक पर्ने शरीरको भाग राख्ने र बाँकी भाग अस्पताल परिसरको आठ आना जग्गामा गाड्न थालिएको हो । फरेन्सिक विभागका प्रोफेसर डा. हरिहर वस्ती भन्छन्, ‘त्यो बेला शव थोरै हुन्थे, त्यसैले त्यहाँ गाड्न कुनै समस्या थिएन । तर, अहिले बेवारिसे शव धेरै हुन्छ, व्यवस्थापन गर्न समस्या छ ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger