Latest Updates :

बाहुनीको कामी सँग धूमधामका साथ बिहे ?समाज परिबर्तनको लागि प्रशंशनीय कदम

SHARE THIS POST :
समाजमा जातीय विभेद अझै पनि विद्यमान छ । गाउँमा मात्र नभै सहरमा समेत कुनै न कुनै रुपमा जातीय आधारमा भेदभाव तथा छुवाछुत गर्ने कुसंस्कार कायमै रहेको छ । त्यसैकारण प्रेम गर्ने धेरै जोडीहरु विवाह बन्धनमा बाँधिनबाट बञ्चित छन् । 

समाजमा आइपर्ने चुनौतीको सामना गर्दै यहिका एक जोडी भने अन्तरजातीय विवाहमा बाँधिएका छन् । सराङ्कोट गाविस वडा न। ६ सौरेखोलाकी ज्योति अधिकारी र सोही वडाका रविबहादुर विकबीच अन्तरजातीय विवाह भएको हो ।परिवारको अवरोधबीच पनि प्रेमलाई सफल बनाउन सकेकोमा ज्योतीले खुशी व्यक्त गरिन् । ‘हामीबीच प्रेम सम्बन्ध भएको थाहा पाएपछि घरमा तीन दिन थुनेर शारिरक र मानसिक यातना दिए’–उनले भनिन्–‘कलेज जाने बहानामा घरबाट भाग्न सफल भए ।’ ज्योतिका बुबा श्रीकृष्ण अधिकारी आफै वकिल भएपनि उनीहरुको विवाह स्वीकारेका छ्र्रैनन् । रविकी आमा लक्ष्मी विकले उनीहरुको सम्बन्धलाई लिए खुशी भएको बताइन् । उनले छोराबुहारीको जीवन राम्रोसँग वितोस् भन्ने कामना गरिन् ।


SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger