राजधानीमा यौनधन्दा हुने इलाकाहरूमा बग्रेल्ती दलाल हुन्छन् । ग्राहक र यौनकर्मी, यी दुई पक्षको बीचमा बसेर नाफा खाइदिनु उनीहरूको धन्दा हो । आफूलाई ‘गाइड’ पनि भन्ने उनीहरूबाट ग्राहक लुटिन्छन्, यौनकर्मी ठगिन्छन् ।कुनै वस्तु किनबेच गर्दा किन्ने र बेच्नेका बीच कुरा मिलाई नाफा खाने व्यक्ति’ दलाल हो भन्छ, नेपाली बृहत् शब्दकोश । महिलाको शरीरलाई वस्तु ठान्ने तिनै दलालहरूको बिगबिगी छ, काठमाडौँका यौनधन्दा हुने इलाकाहरूमा । –
