Latest Updates :

प्रेम सगै जीवन र प्रेम सगै यौन

SHARE THIS POST :
संसारमा सबैभन्दा बढी परिभाषा गरिएको केही चिज छ भने त्यो जीवन नै हो । सबैभन्दा बढी विवादित विषय यौन हो र संसारका सबै मान्छेले अनुभूत गरेको कुरा प्रेम हो । प्रेम, यौन र जीवनलाई सामाजिक सञालमा जति धेरै बुझाउने प्रयास गरियो त्यति नै यो विषय जटिल बन्दै गयो । व्याख्या र विश्लेषणका ग्रन्थ जति थपिए भ्रम र संकुचनका आयामहरु पनि त्यति नै थपिँदै गए । त्यसैले प्रेम नै यौन र यौन नै जीवन के हो ? भन्ने विषय अहिले पनि अमूर्त नै रहिरहेको छ । मनोवैज्ञाकि विषयलाई सामाजिक दृष्टिले व्याख्या विश्लेषण गर्न खोज्दा त्यो अमूर्त बन्न पुग्नु अस्वाभाविक पनि होइन ।
अप्सरा गौतम
प्रेम सगै जीवन
यहाँ चर्चा गर्न खोजिएको प्रेम करुणाको होइन भावनाको हो, जो हरेक मान्छेको जीवनको हिस्सा हो । जीवन भनेको मानिसको शरीर होइन, मानिसको भोगाइ हो । एउटा व्यक्तिको जन्मदेखि मृत्युसम्मका भोगाइ र अनुभूतिको समग्रता नै त्यो व्यक्तिको जीवन हो, जसमा प्रेम पनि पर्दछ । प्रेम जीवनको सबैभन्दा महत्वपूर्ण पाटो हो । प्रेम विनाको जीवन अपूर्ण मात्र होइन प्रेम विनाको जीवनको कल्पना नै गर्न सकिन्न । साधुमहात्माहरु जो विपरीतलिङ्गी प्रेमप्रति अनुदार भाव राख्छन उनीहरुले दृश्यमा प्रेमका भावनाहरु लुकाउन सक्लान तर उनीहरुको पनि भित्री मनमा प्रेमिल भावनाहरु उथलपुथल भइ नै रहेका हुन्छन । तेसैले प्रेम सगै जिबन हुन्छ प्रेम बिना जिबन अधुरो हुन्छ्।

नेपाली सानो बच्चा छाडा अश्लील शब्दहरु बोल्दै। 

प्रेम मानिसको चरित्रगत विशेषता हो । चारित्रिक विशेषता भएकै कारण हरेक व्यक्तिमा प्रेम तत्व हुन्छ । कुनै व्यक्तिका लागि जब प्रेमको वातावरण बन्छ तब प्रेम तत्व जागृत हुन्छ । प्रेम तत्व जति सक्रिय हुँदै जान्छ त्यति नै मन गहिराहीमा प्रवेश गर्दै जान्छ । प्रेमले मान्छेको भावनालाई शरीरको गहिराइमा पु¥याएर मन–मनको निकटता गराउँछ ।
प्रेम र जीवन एक अर्काका परिपूरक हुन । जहाँ जीवन छ त्यहाँ प्रेम छ । जुन जीवनमा प्रेमको भाव व्यक्त हुँदैन त्यो प्राकृतिक होइन, कृत्रिम हो । कृत्रिमतामा शरीर मात्र हुन्छ, जीवन हुँदैन । जीवनको अर्थ नै जीवन्तता हो । प्रेम साश्वत सत्य हो । संसारका हरेक व्यक्तिमा प्रेम विषयक गुण हुने भएकाले नै प्रेमलाई साश्वत सत्य भनिएको हो । तर पनि कतिपय मानिसहरु कृत्रिम सत्य (जो हामी आँखाले देखिरहेका छौँ) को आडमा साश्वत सत्यलाई ढाक्न खोज्दछन । यही कारणले प्रेम र जीवनमाथि धेरैको बुझाइ सामाजिक सञालमा मात्र छ । मनोवैज्ञानिक सञालमा प्रति मान्छे उदासिन छ । जब कि प्रेम सामाजिक विषय होइन यो त विशुद्ध मनोवैज्ञानिक विषय हो ।
प्रेम सगै यौन
कतिपय मानिसहरु प्रेम र यौनलाई छुट्टा–छुट्टै रुपमा हेर्छन । प्रेमलाई करुणाको दृष्टिले मात्र हेर्नेहरु यौनलाई प्रेमको विपरीत ठान्छन । यौनलाई मनोवैज्ञानिक आँखाले हेर्न नजान्नेहरु त यौनलाई विक्रिति नै पनि भन्छन । आफू यौन समागमबाटै जन्मेर पनि यौनलाई छिःछिः र दुरदुरर… गर्ने विद्वत वर्गको जमात पनि यहाँ ठूलै छ । तर यौन र प्रेम फरक विषय होइनन । प्रेम मानिसको चरित्रगत विशेषता हो भने यौन प्रेमको चरम रुप हो । प्रेमको शारीरिक अभिव्यक्ति यौन हो भने मनको तहमा गरिएको यौन समागम नै प्रेम हो । त्यसैले प्रेम र यौनलाई छुट्टै राख्नै सकिँदैन । तर पनि सबै अवस्थामा यौन प्रेमको रुप चाहिँ हुन सक्तैन । जब यौन शारीरिक तहमा मात्र प्रदर्शन गरिन्छ तब त्यहाँ प्रेमको मात्रा गौण हुन्छ । शारीरिक तहमा गरिएको प्रेम पनि भद्दा हुन्छ भने मनोवैज्ञानिक तहमा गरिएको यौन समागम पनि अति कलात्मक हुन्छ । त्यही कलात्मक यौन समागम नै प्रेमको चरम रुप हो ।
प्रेम विनाको यौन र यौन विनाको प्रेम दुवै अपूर्ण हुन । कतिपय आफूलाई आदर्श प्रेमका पक्षधर ठान्नेहरु प्रेममा यौनको छिटा नै पर्न नहुने ठान्छन । तर तिनीहरु यो बुझ्दैनन कि प्रेममा यौनको अंश नहुँदो हो त प्रेम विपरीत लिङ्गसँग हुने नै थिएन । सायद यस्ता दृष्टिभ्रम भएकाहरु प्रेमलाई र्तहमा मात्र बुझ्न सक्तछन । विपरीत लिङ्गबाहेक अरुसँग हुने प्रेम भावनाको भन्दा पनि करुणाको तहमा हुन्छ । भावनात्मक निकटताको प्रेम विपरीतलिङ्गी प्रेम हो र त्यसमा कुनै न कुनै रुपमा यौनको घुलन हुन्छ । चाहे त्यो शारिरीक तहमा होस वा मनोवैज्ञानिक तहमा नै किन नहोस ।
यौनलाई शारीरिक आनन्दको क्रियाकलाप मान्ने र बुझ्नेहरु पनि छन ।
पछिल्लो समय विश्वका कतिपय देशमा यौन पर्यटनका कुराहरु आइरहेका छन । विश्व यौनबजारमा यौन पारखीहरुको मेला चलेको छ । तर यी बजारमा बिक्री हुने यौनहरु सबै सतही आनन्दका कुरा हुन । जहाँ विना प्रेम यौन समागम हुन्छ त्यसमा आनन्दको चरमता हुन सक्तैन । यौनमा उर्जा चाहिन्छ । बजारको यौनमा उर्जा हुँदैन किन कि त्यहाँ मन हुँदैन, शरीर मात्र हुन्छ, मन नभएपछि प्रेम हुँदैन, विना मनको शरीरले यौनमा उर्जा दिन सक्तैन । विना प्रेमको यौनले उर्जा समाप्त गरिदिन्छ । प्रेम सहितको यौनमा मात्र उर्जा थपिन्छ । त्यसैले जुन यौन समागममा प्रेम छैन त्यसमा चरम सुख छैन । शरीरले यौनको वास्तविक आनन्द लिनै सक्तैन । शरीरले लिएको आनन्द सतही आनन्द मात्र हो । यौनमा आनन्दको लागि मानिस शारीरिक रुपमा भन्दा मनोवैज्ञानिक रुपमा सबल हुनु जरुरी छ । त्यो सबलता प्रेमको भावनाले मात्र जागृत गराउँछ ।
चरम प्रेममा शरीर र मनको घुलन हुन्छ । प्रेम विनाको यौन समागम भनेको यौन दरिद्रता हो । चाहे आफ्नै पति वा पत्नी बिच नै किन नहोस विना प्रेम यौन क्रियाकलाप हुन्छ भने ती प्रेमका गरिब र यौनका प्यासीहरु मात्र हुन । जुन यौनमा गरिबी, दरिद्रता वा धनकोे हाबी हुन्छ त्यो विकृत यौन हो ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger