
काठमाडौं, १९ पुस । ब्राजिलमा नयाँ वर्षका अवसरमा आयोजित पार्टीका क्रममा एक हतियारधारी व्यक्तिले अलग बस्दै आएकी आफ्नी पत्नीसहित ११ जनाको हत्या गरेर आत्महत्या गरेका छन् ।
ब्राजिलको साओ पाउलोदेखि १ सय किलोमिटरको दुरीमा रहेको क्याम्पिनसमा नयाँ वर्षको दिन सो हत्याकाण्ड भएको हो । घटनामा मारिने सबै एकै परिवारका हुन् । पति र पत्नी हालैमात्र अलग भएका थिए ।
सोही झोंकमा ती व्यक्तिले गोली चलाउँदा आफ्नै ८ वर्षीय छोरासहित ११ जनाको हत्या गरेका हुन् । आजको राजधानी दैनिकमा खबर छापिएको छ।
नेपाली सानो बच्चा छाडा अश्लील शब्दहरु बोल्दै।
