Latest Updates :

नेपालले चीनसंग मिलेर सैन्य अभ्यास थाल्दा भारतलार्इ टेन्सन

SHARE THIS POST :
नेपाल समाचारपत्र दैनिक
काठमाडौँ । नेपालसँग प्रायः नियमित सैन्य अभ्या गर्दै आएको भारतले नेपाल–चीनबीच हुने भनिएको सैन्य अभ्यासको तयारीलाई भारतीय पक्षले निकै चासोका साथ लिएको छ । चीनसँगको सैन्य अभ्यासले नेपाल–भारत सम्बन्धमा असर पुर्याउन सक्ने भारतले आशंका व्यक्त गरेको हो ।

नेपाल–चीनबीचको सैन्य अभ्यासको तयारीलाई लिएर भारतीय अधिकारीहरुले दिल्लीस्थित नेपाल दूतावास र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग जिज्ञाा राखेको परराष्ट्र स्रोतले जनाएको छ ।

यही प्रसंगलाई जोडेर भारतीय अखबार टाइम्स अफ इन्डियाले मंगलबारको अंकमा राजदूत उपाध्यायसँगको भनाई राखेर समाचार प्रकाशित गरेपछि भारतीय चासो प्रष्ट रुपमा सार्वजनिक भएको हो ।

नेपालले भारतसँग् वर्षौँ अघिदेखि संयुक्त सैन्य अभ्यास गर्दै आएकामा चीनसँग पनि त्यस्तै अभ्यास हुन लागेको अवस्थामा अनावश्यक प्रचार मात्र भएको नेपाली सेनाका अधिकारीहरु बताउँछन् । स्रोतका अनुसार चिनियाँ पक्षले नेपाललाई २ महिनापछि तालिम गर्न प्रस्ताव गरेको छ ।आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger