Latest Updates :

एकैपटक पाँच बच्चा जन्माएर यिनले दोहोराइन् १२१ वर्ष पुरानो इतिहास

SHARE THIS POST :
एकैपटक पाँच बच्चा जन्माएर यिनले दोहोराइन् १२१ वर्ष पुरानो इतिहास


एजेन्सी । अमेरिकाको एरिजोनाको फिनिक्स शहरमा मारग्रेट बाउडिनेट र उनका श्रीमान माइकलले गत डिसेम्बर ४ तारिखमा डिग्निटी हेल्थ सेन्ट जोसेफ अस्पताल र मेडिकल सेन्टरमा एकैसाथ चार छोरी र एक छोरालाई जन्म दिएका छन् ।
भर्जिनियाको यो जोडी डा. जोन इलोइट (मल्टिपल–बर्थ प्रेगनेन्सीका विशेषज्ञ) सँग उपचार गराउनका लागि अस्थायी रुपमा एरिजोना बसाईं सरेका थिए ।मारग्रेटको दिमागबाट केही नराम्रो होला कि भन्ने डर हटेपछि मात्र उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।‘आशासँग मेरो विचित्रको सम्बन्ध छ,’ उनले गत बुधबार अस्पतालमा भनिन् ।

बाउडिनेटका साथीहरुले भर्जिनियामा उनीलगायत उनका स्वस्थ पाँच सन्तानको स्वागतार्थ विभिन्न योजना बनाइरहेको स्रोतले बताएको छ । उनी अर्को महिना  भर्जिनिया जाँदै छिन् ।

एक किलोभन्दा बढि उनका प्रत्येक सन्तानलाई २४ डाक्टरको एक समूहले १७ मिनेटमा निकालेको थियो ।फिनिक्स शहरको १२१ वर्षको इतिहासमा यो पहिलो घटना हो जहाँ कुनै एक महिलाले एकैपटक पाँच बच्चालाई जन्म दिइन् ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger