डिसीनेपाल डटकम – बलिउड नगरी हुँदै हलिउडसम्म आफूलाई स्थापित गराएकी नायिका प्रियंका चोपडाले नेपाली फिल्म बनाउने भएकी छिन् ।
प्रियंकाले आफ्नै होम प्रोडक्शनबाट नेपाली भाषीको बाहुल्यता रहेको सिक्किम बेस्ड फिल्म निर्माण गर्ने भएकी हुन् । उसो त उनले होम प्रोडक्शन हाउस पर्पल पेबलबाट भोजपुरी, मराठी फिल्म समेत निर्माण गरिसकेकी छिन् ।
प्रियंकाकी आमा मधु चोपडाले जानकारी दिए अनुसार नेपाली फिल्म ’पौवा’मा नेपाल र सिक्किमका कलाकार तथा क्रु मेम्बरहरु रहने छन् ।
’पाहुना’ अर्थ लाग्ने फिल्म ’पौव’ले आमाबुबा देखि टाढिएका बालबालिकाको कथा रहनेछ ।

