Latest Updates :

यि गरिब परिवारकाे दर्दनाक कथा – पैसा नहुदा श्रीमानकाे शव रेलमै छाडनुपर्याे !

SHARE THIS POST :
यि गरिब परिवारकाे दर्दनाक कथा – पैसा नहुदा श्रीमानकाे शव रेलमै छाडनुपर्याे !
एजेन्सी । भारतको ओडिशाकी एक महिलाले पैसाका कारण श्रीमानको शव रेलमा नै छोडेर अगाडिको बाटो तय गर्नुपर्ने बाध्यात्मक स्थितीको सामना गर्नुपर्यो । सरोजिनी आफ्ना बिरामी श्रीमानसँगै आन्ध्र प्रदेशको ओडिशाको रायपुरबाट फर्किरहेकी थिइन् । बाटोमा नै उनको श्रीमानको स्थिती झनै बिग्रियो र उनको मृत्यु भयो ।

आँखाभरी आँसु र रुञ्चे स्वरमा सरोजिनीले त्यो बाध्यात्मक स्थितीलाई स्मरण गर्दै भनिन, ‘एकदमै नौलो ठाउँ र म अपनढ महिला । त्यसमाथि तीन साना बच्चाहरु । खानको लागि पनि पैसा थिएनँ । म कहाँ जानु ? म गर्नु ? कोसँग मद्दत माग्नु । मुटुमाथि ढुङ्गा राखेर मैले श्रीमानको शवलाई रेलमा नै छोडेर बच्चासँग रायपुर जाने गाडीमा बस्नुपर्यो ।’

अहिले जुगलका दाइ नील र उनका आफन्तले रायपुर गएर सरोजिनी र उनका बच्चाहरुलाई गाउँ फिर्ता लगिएको छ । पछि महाराष्ट्रका रेलवे पुलिस सुपरिटेन्डेन्ट शैलेष बलकावडेले नागपुरमा स्थानीय पत्रकार संजय तिवारीलाई आन्ध्र प्रदेशबाट आएको एक रेलमा शव भेटेको जानकारी दिएका थिए ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger