Latest Updates :

छिटो वीर्य किन झर्छ र यसको केही उपचार छ कि ?

SHARE THIS POST :

म ४१ वर्षिय विवाहित पुरुष हुँ। मलाई मेरी श्रीमातीसँगको यौन सम्बन्धप्रति असाध्यै सन्तुष्टि थियो, तर केही वर्षयता भने हाम्रो यौनसम्बन्धमा केही समस्या पैदा हुन थालेजस्तो महसुस भएको छ। जसका कारण हामी दुवै तनावमा छौं। खास कारण के हो भने मेरो अहिले छिटो स्खलित हुन थालेको छ  यसले गर्दा मलाई पहिले जुन किसिमको यौनआनन्द आउँथ्यो, त्यो अहिले गुम्दै गएको छ। खासमा स्खलनका लागि आवश्यक न्यूनतम समय कति हो ? शीघ्र स्खलन किन हुन्छ र यसको केही उपचार छ कि ?
पी.
मानिसहरू नयाँ-नयाँ शैली तथा तौरतरिकाको खोजी गरी यौन सन्तुष्टि लिन्छन्। यौनसम्पर्कका क्रममा एउटा तहमा पुगेपछि स्खलन आवश्यक छ। दुवै जनालाई सन्तुष्टिको समान उचाइ प्राप्त हुँदा नै स्खलनको अवस्था आउँछ।  धेरैजसो केटा मानिसको जीवनमा कहीं न कहीं कुनै न कुनै बेला शीघ्र स्खलनको अवस्था आउँछ। त्यतिबेला महिलालाई केही असन्तुष्टि महसुस भए पनि खासमा शीघ्र स्खलनले महिला तथा पुरुष दुवैमा यौन असन्तुष्टि सिर्जना गर्छ।
स्खलनका लागि आवश्यक समयका बारेमा पनि थुप्रै अध्ययन भएका छन्। अध्ययनहरूले देखाएअनुसार आनन्दको चरम अवस्थामा पुग्नुअघिको समय औसतमा ३ देखि ७ मिनेट हुनु आवश्यक छ। केहीमा ७ देखि १३ मिनटसम्म लम्बिने गरेको छ, तर चरम आनन्दको अवस्थामा नपुग्दै अर्थात् अर्गाज्म प्राप्त हुने अवस्थाभन्दा पहिले यौनसम्पर्क एक मिनेट पनि टिकेन भने त्यसलाई शीघ्र स्खलनको अवस्था भनेर परिभाषित गरिएको छ। शीघस्खलनको व्यवहारजन्य एवं मनोवैज्ञानिक कारणमा चाहिँ यौनका बारेमा कम ज्ञान, यौनसम्पर्कका बेला दिमागमा आउने चिन्ता तथा अन्य गलत सोच र विभिन्न किसिमका डर-त्रासजन्य कुरा जिम्मेवार रहने गरेका छन्। अस्वीकृत यौन सम्बन्ध, परस्त्रीगमन वा परपुरुषगमन, केही क्षणअघिको हस्तमैथुनबाट संवेदनशील अवस्थामा पुगेका यौन अंगहरू, एकान्तपनको अभाव वा सामाजिक बन्धनका सीमाबाहिर जाँदा हुने विभिन्न किसिमका डर-त्रासका कारण यौनमा चुर्लुम्म डुब्न नसक्ने अवस्था आउँछ। यस्तो बेला शीघ्र स्खलन हुन सक्छ। त्यस्तै टेस्टोस्टेरोन हार्मोन बढी हुँदा पनि यस्तो स्थिति आउने तथ्यहरूले देखाएका छन्। मधुमेहका रोगीहरूमध्ये केहीमा यौनांग कम मात्रामा उत्तेजित हुने कारणले पनि शीघ्र स्खलन हुने गरेेको अध्ययनहरूले देखाएका छन्। हाइपरथाइरोइडिज्म र शीघ्र स्खलनको पनि सम्बन्ध छ। हाइपरथाइरोइडिज्म भएका ७२ प्रतिशत मानिस शीघ्र स्खलनबाट पीडित हुने अध्ययनहरूले देखाएका छन्। त्यसका लागि चिकित्सकसँग सम्पर्क गर्नुपर्ने हुन्छ।
आपसमा माया र भावना साटासाट गर्ने अवसर उपलब्ध हुनुपर्छ अर्थात् सबै किसिमको वैधानिकता हुनुपर्छ भने शारीरिक तथा मानसिक स्वस्थता पनि आवश्यक छ। सक्रिय जीवन वा शारीरिक अभ्यास गरेर शरीरलाई तन्दुरुस्त अवस्थामा राख्नुपर्छ। मानसिक स्वास्थ्यता भन्नाले तनावरहित जीवनशैली हो। यी सम्पूर्ण कुराको अभावमा मानिसमा केही न केही त्रास, डर वा शंका-उपशंकाहरू हुन्छन् र यिनले गर्दा यौनसम्पर्कबाट पूर्ण आनन्द प्राप्त गर्न कठिन हुन्छ। यसलाई मानिसका व्यवहारजन्य समस्या भनिन्छ र यी मनोविज्ञानसँग पनि सम्बन्धित छन्। उल्लेखित सवै परिवेश उपलब्ध भए पनि दुई जनाबीच यौन सन्तुष्टिसँग सम्बन्धित केही समस्या छन् भने तिनको विश्लेषण गरी आवश्यक उपचार गराउनुपर्ने हुन्छ।
जहाँसम्म शीघ्र स्खलनको कुरा छ, यौन आनन्दको चरम अवस्थालाई लम्ब्याउन वा शीघ्र स्खलन रोक्न प्रस्तावित केही विधि पनि छन्। जस्तो कि शीघ्र स्खलन केही समय रोक्न केही क्षणसम्पर्क नै रोक्नुपर्ने हुन्छ। यसलाई स्टप स्टार्ट टेक्निक वा थेरापी भनिन्छ। अर्को भनेको लिंग उत्तेजनाको क्रम पनि केही क्षणलाई रोक्ने वा खुम्चिने गराउनु आवश्यक छ। बढी संवेदनशील भागतर्फ भन्दा कम संवेदनशील भागतर्फ सम्पर्क गरेर पनि केही समयलाई शीघ्र स्खलन रोक्न सकिन्छ। यसले लिंगको स्खलित हुने संवेदनशीलतालाई कम गर्छ। यही क्रमलाई दोहोर्‍याइरहनुपर्छ जब अर्गाज्म अर्थात् चरम अवस्थामा पुग्न लाग्छ। यसलाई एउटा सबैभन्दा प्रभावकारी विधि मानिन्छ। यसका साथै डर, चिन्ता तथा त्रास पैदा हुने गतिविधिहरूमा संलग्न हुनु हुँदैन। यदि डर, त्रास वा चिन्ताको स्थितिले सताइरहे मनोविद् वा मनोचिकित्सकसँग परामर्श लिन सकिन्छ

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger