Latest Updates :

लत्याएर हिडेको कसैको माया पनि तब याद आउछ जब जिन्दगीको यात्रामा हसाउने भन्दा रुवाउने धेरै भेटिन्छन।

SHARE THIS POST :
भगवानले तिनै मान्छेको परीक्षा लिन्छन् जसले थोरै भएपनि जिन्दगी पढेको हुन्छ ।
चाहे प्रेम होस् चाहे सम्मान, पहिला दिन जानौँ, अनिमात्र पाउने आशा राखौँ !
समयले अनगिन्ती घाउ दिएर जान्छ । फरक यति हो, कुनै घाउको मल्हम हुन्छ । कुनै घाउ सहने चलन हुन्छ ।
केही यादहरु गुलाबजस्तै हुन्छन् । जो अतीतको बगैँचामा फुलेपनि वर्तमानसम्म त्यसको सुगन्ध आइरहन्छ ।
जिन्दगीमा सबथोक भुल्नु तर आमाले बोकेको घाँसको भारी र बा'ले बोकेको जिम्मेवारी कहिल्यै नभुल्नु!
हामी दुबै बीचमा प्रेम थियो या थिएन, थाहा छैन । तर केही त थियो, जो प्रेमजस्तै मीठो थियो ।
त्यही चिज बदनाम हुन्छ, जुन चिजको धेरै ठूलो नाम हुन्छ ।

आँखा दुखुञ्जेल र मन नथाकुञ्जेल कसैको बाटो हेरिरहनु पनि सायद प्रेम हो ।
केही सम्बन्ध अपरिहार्य हुन्छन् अनिवार्य हुन्छन् । खुसीका भाव पनि हुन्छन् मनमुटाव पनि हुन्छन् । हो, यस्ता सम्बन्धमा अक्सर उतारचढाव हुन्छन् !
प्रेममा त्यस्तो के रसायन हुन्छ, जसले मान्छेलाई यति धेरै मूर्ख बनाउँछ ?
जो मान्छेसित अकल हुँदैन उही अरुको जीवनमा दखल दिइरहन्छ ।
जीवनमा अहिले हरेस खानुभएको छ भने बुझिराखौँ । हरेक फूल आफ्नै मौषममा फुल्छ ।  ढुक्क भएर पानी हाल्दै गर्नुस् !
कोही मान्छे बिनासित्ति रिसाउँछ भने सोच्नुस् त्यो कसिँगर थियो । तपाइँले मिहिनतको कुचो लाइरहनु परेन । आफ्नै अहंकारको हावाले पन्छियो
यसै त किन भेट्नु ? भेटिएपछि केही सम्झन लायक भेट होस् । सधैं याद आइरहने खालको भेट होस् । फेरि भेटौंभेटौं लागिरहोस् । त्यस्तो भेट होस् न !
कसैका प्रेमकहानी फैलिन्छन् कुनाकन्दरा, कसैका प्रेमकहानी रहन्छन आधा-अधुरा ।


SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger