धर्म के हो? यो विषयमा संसारमा धेरै बहस चलेका छन् र मानव जीवनको अस्तित्व रहेसम्म चली नै रहनेछ। कोही यसलाई भगवानको पूजाआजासँग जोडेर अर्थ लगाउँछन् त कोही मानव कल्याण र सेवाको अर्थमा लिन्छन्। शास्त्रीय आधारमा हेर्ने हो भने, धर्मको अर्थ यी दुवै होइन। सेवा वा पूजाभन्दा धर्मको अर्थ बिलकुल पृथक छ।
शास्त्रले कुनै पनि तत्वको धारण गर्नुलाई धर्म भनेको छ। के धारण गर्ने भन्नेबारेमा उल्लेख भएको शास्त्रलाई धर्मशास्त्र। यहाँ कहीँकतै पनि धर्मलाई न त भगवानसँग जोडेको पाइन्छ न त मानव सेवासँग। यो त नितान्त मानिसको जीवनशैली हो, मानिसको आदर्श र सिद्धान्त हो। यसअर्थ धर्म भनेको मानिसको कर्म हो, कर्मबाहेक अरु कुनै धर्म हुनै सक्दैन। सबै प्रकारका धर्मशास्त्रले मानिसले के कर्म गर्ने र के नगर्ने भन्छ, अरु केही भन्दैन। कुनैकुनै स्थितिमा भगवानका उदाहरणहरू कर्मको परिभाषा बुझाउन किताबहरूमा उल्लेख भएका हुन सक्छन्, तर भगवानको आराधनालाई नै धर्म भनेको चाहिँ कतै पाइन्न।
स्पष्टरूपमा भन्नुपर्दा, धर्म भनको यस्तो आचारसंहिता हो जसले मानिसका कर्मलाई व्यवस्थित गर्छ। धर्म शब्द आउनेबित्तिकै कर्म स्वतः जोडिएर आउँछ– आउनैपर्छ। अतः कर्म नै धर्म हो, वृत्ति नै धर्म हो। भगवान धर्म हैन र हुनै सक्दैन। भगवान त आस्था हो अनि कसैले कहिल्यै आफ्नो आस्थालाई धर्म बनाउनु हुँदैन। जसले आस्थालाई भगवान बनायो, उसले आफूलाई कर्मबाट बिमुख पार्दै रिस, राग र क्रोधको बाटोमा आफूलाई प्रवेश गरायो भन्दा हुन्छ। किनकि, मानिसले आस्थामाथिको प्रहार खप्न सक्दैन। तर, दैनिक जीवनमा हरेक दिनजसो उसको कर्ममाथि समाजले प्रहार गरिरहेको हुन्छ। त्यस्ता प्रहार खप्दै–सहँदै ऊ आफ्नो कर्ममा निरन्तर लागिरहन्छ र लागिरहनुपर्छ।
RELATED VIDEOS YOU LIKE TO WATCH