Latest Updates :

हिजो मापसे चेक गर्दा गर्दै भागेका चालक समात्न खोज्दा एक ट्राफिक प्रहरीको खुट्टा भाँचियो हेर्नुहोश भिडीयो अनि अरु लाई Share गर्नुहोला

SHARE THIS POST :
 हिजो  मापसे चेक गर्दा गर्दै  भागेका  चालक  समात्न खोज्दा  एक ट्राफिक प्रहरीको खुट्टा भाँचियो हेर्नुहोश भिडीयो अनि अरु लाई Share गर्नुहोला




काठमाडौं मादक पदार्थ सेवन गरेका मोटरसाइकल चालकको ठक्करबाट डिउटीमा खटिएका एक जना ट्राफिक प्रहरीको खुट्टा भाँचिएको छ । चालकले मादक पदार्थ सेवन (मापसे) गरे नगरेको जाँच गर्न सडकमा ड्युटीमा बसेका ट्राफिक प्रहरी हबल्दार सञ्जयकुमार झाको खुट्टा भाँचिएको हो । उनकने बायाँ खुट्टाको घुँडामुनि दुई ठाउँमा भाँच्चिएको छ । ट्राफिक प्रहरी वृत्त गौशालामा काम गर्दै आएका झाको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालमा उपचार भइरहेको छ ।
 उनलाई बा७२प ६७१ नम्बरको मोटरसाइकलका चालक दीपेन्द्र गिरीले ठक्कर दिएका हुन् । त्यसबेला जयबागेश्वरीस्थित सडकमा उनीसहित अन्य टाफिक प्रहरी नियमित जाँचमा बसेका थिए । मापसे गरेका गिरी भाग्न खोज्दा सो घटना भएको हो । उनीसँगै अरु दुई जना पनि सो मोटरसाइकलमा सवार थिए । ठक्कर दिने मोटरसाइकल चालक गिरीलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ । उनलाई अंगभंग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । आजको राजधानी दैनिकमा खबर छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger