Latest Updates :

अन्नपानी र तेल रोकेर फेरि नाकाबन्दी गर्ने धम्की दिने को हुन यी टोपीवाला ?

SHARE THIS POST :
उपेन्द्र यादवका पार्टीका एक जना नेता तथा सांसदले काठमाडौंमा फेरि नाकाबन्दी गर्न धम्की दिएका छन । संघीय समाजवादी फोरम नेपालका  सांसद अभिषेकप्रताप साहले काठमाडौंलाई नाकाबन्दी गर्ने धम्की दिएका हुन ।
मधेसबाट राजधानीसहित मुलुकका अरु भागमा जाने अन्नपानी र तेल रोकेर मधेसलाई छुट्टै देश घोषणा गर्नुपर्ने माग उनको छ ।
सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै साहले मधेसलाई छुट्टै राष्ट्र घोषणाका लागि सडकमा उत्रन मधेसीलाई अपिल गरेका हुन् ।
प्रमुख तीन दल संविधान संशोधनमार्फत आफूहरुका माग सम्बोधन गर्ने पक्षमा नदेखिएको संकेत गर्दै साहले मधेसी नेतालाई काठमाण्डु छाडेर मधेस झर्न भनेका छन् ।

‘सब करो मधेसी नेता अब आओ वापस मधेस, बंद करो दाना, पानी, तेल और माँगो अलग राष्ट्र मधेस’, साहले फेबुकमा लेखेका छन् ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger