Latest Updates :

खेलबाट म्याच फिक्सिङ गर्नेहरु निकालिएपछि नेपाली फुटबल चम्किएको छ, त्यस्तै अब राजनीतिमा देश फिक्सिङ गर्नेहरु पनि देश बाट निकालिनुपर्छ, अनि देश चम्कन्छ

SHARE THIS POST :

नेपाली फुबलमा यो वर्ष लगातार खुशी आएको छ । किनकी नेपाली फुटबल टीमले एक वर्षमा लगातार तीन उपाधि जितेर सबै नेपालीलाई एकता र सफलताको भावनात्मक सन्देस पनि दिएको छ । राजनितिले जताततै निराशा र आक्रोश उत्पन्न गाउँदा देशप्रति नै नकारात्मक बनेको नेपाली युवा पक्तिलाई फेरि एकपटक नेपालको झण्डा बोकेर ‘नेपाल, नेपाल–नेपाल’ भनेर देशको नामलाई गौरव साथ लिने अवसर जुराएको छ । नेपाली फुटबल इतिहासमै नेपालले एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि जितेर अहिलेसम्मकै महत्वपूर्ण उपलब्धि हासिल गर्दैगर्दा आम जनतार शुभचिन्तकमा नेपाली फुटबलप्रति आशा र उत्साह जागेको छ । गणेश थापाको पतन र म्याच फिक्सिङ काण्डको पर्दाफाससँगै अब नेपाली फुटबलले उपयुक्त बाटो समातेको हो कि भन्ने महसुस भएको छ । नेपालले यसै वर्षदेखि शुरु भएको सोलिडारिटी कप फुटबल प्रतियोगिताको पहिलो संस्करणको उपाधि जित्दै नेपाली फुटबल टोलीले नयाँ इतिहास रचेको छ र नेपाल अब कमजोर नरहेको सन्देस पनि दिएको छ ।
मलेसियाको कुचिङस्थित सरावक रङ्गशालामा बेलुकीपख सम्पन्न फाइनल खेलमा नेपालले मकाउलाई १–० को गोलअन्तरले हराउँदै उपाधि जितेको नेपालका लागि विश्वभर रहेका नेपाली दर्शकले अभूतपूर्व उत्साह थपेका थिए । अहिले नेपाली टीम बलियो देखिएको छ र अब अगाडि नरोकिने संकेत पनि देखिएको छ । गत वर्ष माघमा बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप जितेको नेपाल त्यतिमा सीमित भएन । त्यसको एक महिनापछि भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग)मा पनि नेपालले नै जित्यो । तर ती दुवै प्रतियोगिता विश्व फुटबल महासङ्घ (फिफा)ले मान्यता दिएको सिनियर स्तरको फुटबल थिएन । बङ्गबन्धु कपको फाइनलमा नेपालले बहराइनको २३ वर्षमुनि (यु–२३) को टोलीलाई हराएको थियो । त्यस्तै साग फुटबलमा तीनजनाबाहेक अरू यु–२३ का खेलाडीले खेल्ने प्रावधान छ । तर मंगलबार जितेको सोलिडारिटी कप फिफाको आधिकारिक प्रतियोगिताको उपाधि हो ।
यो प्रतियोगिता यसै वर्षदेखि सुरु भएको हो । त्यसैले यसको अर्थ हामी विश्व फुटबलमा एउटा उच्च लक्ष्यका लागि अगाडि बढेका छौं भन्ने हो । अहिले नै हामी विश्वकप फुटबल वा एसियन कपमा नखेलौला । तर, हाम्रो लक्ष्य त्यहाँ पुग्ने हुनुपर्छ अब । यसका लागि सरकारले खेलाडीलाई आवश्यक सबै सुविधा दिएर भविष्य प्रति चिन्ता मुक्त पानुपर्छ र देशका लागि उपाधि उचाल्ने बाटो खोल्नुपर्छ । अब सरकारले सोच्नुपर्छ, हाम्रा कोही पनि खेलाडी म्याच फिक्सिङ गरेर पैसाका लागि ३ करोड नेपालीको आस्था, सम्मान र आशा नबेचुन । उनीहरुलाई राज्यले नै सम्पन्न बनाओस र देशका लागि मात्र सोच्ने वातावरण दिओस । त्यति भए नेपालले विश्व फुटबलमा आफ्नो नाम लेखाउनेछ । हुन त मंगलबार उपाधि जितसँगै एएफसि सोलिडारिटी कप विजेता नेपाली टोलीलाई प्रतिव्यक्ति तीन लाख नगद दिने सरकारले घोषणा गरेको छ । पक्कै पनि यो सकारात्मक निर्णय हो । तर, नेपाल सरकारले विजयी खेलाडीलाई प्रतिव्यक्ति तीन लाख नगद भनेको सम्मान मात्र हो र अब सम्मान सँगै सबल बनाउने दायित्व सरकारको हो । त्यो दायित्व पूरा गरेर सरकारले खेलाडीलाई उत्साह थपोस । सरकार एउटी उच्च वर्गकी धनाड्य सुजातालाई ५० लाख बाँडन सकिन्छ भने देशका हिरोहरु जसले देशका लागि मात्र जविन समर्पित गरिरहेका छन् । तिनलाई १–१ करोड किन दिन सकिदैन ? यसमा सरकारले अब सोच्नैपर्छ । अगाडिको निर्णय सरकारकै हो ।
जनताहरु अहिले भनिरहेका छन् कि खेल बाट म्याच फिक्सिंग गर्नेहरु निकालिए पछि नेपाली फुटबल चम्किएको छ । त्यस्तै, अब राजनीतिमा देश फिक्सिंग गर्नेहरु पनि देश बाट निकालिनु पर्छ अनि देश चम्किन्छ । अब राजनिति गर्नेहरुले यसबारेमा नसोच्ने हो भने फुटबलबाट म्याच फिक्सिङ गर्ने हरु जसरी अहिले आफ्नो अनुहार छोपेर कुनै कुनामा थन्किन विवश भएका छन । नेताहरुको लागि पनि त्यो दिन नआउला भन्न सकिन्न । आखि जनता कति दिनसम्म देशमा भइहरेको यो फिकिसङहेरेर बस्न सक्छनत र नेताज्यू हरु ?
धन्यबाद

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger