Latest Updates :

जहाँ पति छाडेर अर्को पुरूषसँग यौन सम्पर्क गर्नेलाई बल्दै गरेको फलामको भट्टीमा हालिन्छ..

SHARE THIS POST :
जहाँ पति छाडेर अर्को पुरूषसँग यौन सम्पर्क गर्नेलाई बल्दै गरेको फलामको भट्टीमा हालिन्छ..
व्यक्तिको परस्त्रीगमन कस्तो हुन्छ होला ? यस्तो अवस्थामा धर्मले कस्तो दण्ड दिन्छ ? आउनुस् यस विषयमा चर्चा गरौँ ।अठ्ठार पुराणको एउटा पुराण छ, गरुड पुराण । गरुड पुराणमा भगवान विष्णुले गरुडलाई जीवन र मृत्युको रहस्यका विषयमा जानकारी दिएका छन् ।
 यो पुराणमा मृत्युपछि हुने भनिएको यात्रा यानी यममार्गका बारेमा वर्णन गरिएको छ ।वर्णनमा भनिएको छ, यमको दूतले मृत्युपछि पापी व्यक्तिहरूको आत्मालाई यमराज समक्ष लैजान्छन् ।मनुष्यको आफ्नो कर्मअनुसार यमराजले सजाय तोकी दिन्छन् । सजाय पूरा भएपछि जीवले आफ्नो कर्मअनुसार योनीमा जन्म लिन्छ ।

यसमा परस्त्रीसँगको सम्बन्धका विषयमा अलग–अलग सजायका बारेमा बताइएको छ ।व्यक्तिले परस्त्रीसँग कस्तो सम्बन्ध राख्छ वा रहन्छ यसमा पनि व्यक्तिलाई सजायको व्यवस्था गरिएको छ ।कुमारी अथवा अल्पायु कन्यासँग यौनसम्बन्ध राखेमा गुरुढ पुराणका अनुसार कडा सजायको व्यवस्था रहेको छ ।
जुन स्त्री आफ्नो पतिलाई छाडेर अर्को पुरूषसँग यौन सम्पर्क गर्छिन् उनलाई यमलोकमा बल्दै गरेको रातो र तातो फलामको भट्टीमा हाल्ने गरिन्छ ।
गरुडा पुराणका अनुसार पापको सजाय पूरा भएपछि यस्ता स्त्रीहरूले चेपारो, छिपकली अथवा दुई मुख भएको सर्पको रुपमा जन्म लने मान्यता रहेको छ ।
पुरुषका सम्बन्धमा परस्त्री गमनका विषयमा रोचक प्रसङ्ग गुरुड पुराणले उल्लेख गरेको छ ।जो पुरूषले आफनै गोत्रकी स्त्रीसँग यौन सम्पर्क गर्छन्, त्यस्ता पुरुषले स्यालको जन्म पाउने विश्वास गरिएको छ ।
कुमारी अथावा अल्पायु कन्यासँग यौनसम्बन्ध राख्ने पुरुषका सम्बन्धमा गरुडा पुराणले नर्कमा घोर यातना सहनु पर्ने व्यवस्था गरेको उल्लेख गरेको छ । त्यसपछि त्यस्ता पुरुषले अजिङ्गरको योनीमा जन्म लिने बताइन्छ ।
जो व्यक्ति काम भावनाबाट पीडित भएर गुरूकी पत्नीलाई ताक्छन् त्यस्ता पुरुषले नर्कको बास र यातनासहित छिप्कलीको योनीमा जन्म लिने गरुड पुराणले जनाएको छ ।

मित्रसँग विश्वासघात गरेर उसकी पत्नीसँग यौनसम्बन्ध राख्नेलाई कठोर सजायपछि यमराजले गधाको योनीमा बास गराइ गधाको जन्म दिने विश्वाससहितका रोचक प्रसङ्ग गुरुड पुराणमा उल्लेख छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger