Latest Updates :

अमेरिकाका कति नेपाली पर्लान ? ट्रम्पको ३० लाख अवैध आप्रवासीलाई तुरुन्तै देश फर्काउने वा जेल हाल्ने पहिलो योजनामा

SHARE THIS POST :
काठमाडौं, २९ कात्तिक । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको सुरुवातमै ३० लाख अवैध आप्रवासीलाई उनीहरुकै देश फर्काउने या जेल हाल्ने योजना रहेको खुलासा गरेका छन् । योसँगै अमेरिकामा रहेका विभिन्न देशका अवैध आप्रवासीलाई अहिले निकै तनाव भएको छ । आप्रवासीप्रति निकै अनुदार मानिएका ट्रम्पको यो घोषणासँगै अमेरिकामा अवैध रुपमा बसोबास गरिरहेका नेपालीलाई समेत चिन्ता थपिएको छ ।
अमेरिकामा रहेका नेपालीहरुबारे जानकार एक अमेरिकी नेपालीका अनुसार अमेरिकामा करीब २ लाख भन्दा बढी नेपाली अवैध रहेपनि नेपालीहरु ट्रम्पले उल्लेख गरेजस्तो अपराधमा संलग्न छैनन । ‘जो अपराधी छन्, जसको आपराधिक रेकर्ड छ, विभिन्न ग्याङ्गका सदस्य छन्, ड्रग डिलर छन् त्यस्तालाई ट्रम्पले तुरुन्तै फर्काउने वा जेल हाल्ने भनेका छन् । यस्ता नेपाली एकदमै कम छन र भएपनि केही सयको संख्यामा होलान’, लाइट नेपालसँग कुरा गर्दै उनले भने । उनका अनुसार अवैध रुपमा रहेका अन्य नेपालीलाई यदि ट्रम्पले विभिन्न चरणमा घर फर्कायने योजना लागू गरिरहेमात्र असर पर्ने पनि उनले बताए ।,

अमेरिकी च्यानल ‘सीबीएस’लाई अन्तरवार्ता दिदैं ट्रम्पले आइतबार यस्तो योजना सार्वजनिक गरेका हुन् । उनले आपराधिक गतिविधिमा सामेल भएका आप्रवासीलाई अमेरिकाबाट फिर्ता पठाउने वा जेल हाल्ने आफ्नो योजना रहेको बताए । ‘जो अपराधी छन्, जसको आपराधिक रेकर्ड छ, विभिन्न ग्याङ्गका सदस्य छन्, ड्रग डिलर छन्, उनीहरुको बारे हामी पत्ता लगाउने छौं,’ ट्रम्पले भने, ‘त्यस्ता व्यक्तिको संख्या २० लाख हुन सक्छ, ३० लाख पनि हुन सक्छ, हामी उनीहरुलाई देश बाहिर पठाउने छौं या जेलमा हाल्ने छौं ।’
ट्रम्पले निर्वाचन प्रचारका क्रममा मेक्सिकोको सीमामा पर्खाल लगाउने घोषणा गरेका थिए । उनले आफू उक्त प्रतिबद्धतामा कायम रहेको पनि बताए । सीमाका केही भागमा पर्खाल र केही भागमा तारबार लगाउन उपयुक्त हुने उनको भनाइ थियो । ट्रम्पले आगामी जनवरी २० मा पदभार ग्रहण गर्नेछन् । अमेरिकामा करिब १ करोड १० लाख आप्रवासी आधिकारिक दस्तावेज विना नै बस्दै आएको अनुमान छ ।

WATCH MORE VIDEOS

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger