Latest Updates :

महलमा बस्ने सुजातालाई त ५० लाख, खाना नपाएर कुपोषित भएका यी बालकको कसले गर्ने उपचार ?

SHARE THIS POST :
काठमाडौं, ३० कात्तिक । सप्तरी कोचाबखारी गाविस–५ लोखरमका हरेराम मण्डल र रन्जुदेवीकी १३ महिने छोरी नीलमको शरीरमा रहेका सबै हड्डीहरु बाहिरबाट प्रस्टै देखिन्छन् । उनको शरीरमा हाडमाथि पातलो छालाबाहेक केही छैन । शरीरका अंगहरूमा मासु लागेको देखिँदैन । झट्ट हेर्दा द्वन्द्वग्रस्त मुलुकमा भोकमरीको सिकार भएको जस्तै देखिन्छिन् नीलम ।
आजको कान्तिपुर दैनिकमा खबर छ – खाना र पौष्टिक आहार नपाउँदा उनी कुपोषणको अन्तिम चरणमा छिन् । गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल हाताभित्र रहेको पोषण पुनस्स्थापना गृहमा उपचारका लागि एक महिनाअघि नीलमलाई ल्याउँदा कर्मचारी र प्राविधिकहरू एकछिन आश्चर्यमा परे । गृहकी प्रबन्धक रश्मी झाले भनिन, ‘उनको शरीरमा मासु छँदै छैन, हाडमाथि पातलो छाला, हेर्दा नै डरलाग्दो देखियो ।’
उनका अनुसार नीलम कुपोषणबाट यो हालतमा ग्रसित बालबालिकामा भर्ना हुन आएकी पहिलो हुन् । झाले भनिन, ‘यो अन्तिम अवस्था हो, बचाउन निक्कै गाह्रो छ ।’ गृहले बालिका नीलमको चिकित्सकबाट उपचार गराउँदा खान नपाएर उनको यो अवस्था भएको बताएको झाले जनाइन् । नीलमकी आमा रन्जु सुस्तमनस्थितिकी छन् । बुवा हरेराम सामान्य मजदुरी गर्छन् । ‘६ महिनादेखि नातिनीको यस्तै अवस्था थियो,’ उनकी हजुरआमा गुलियादेवीले भनिन, ‘खानै पुग्दैन, कसरी उपचार गर्न ल्याउनु रु’
बालिकाको स्थिति चिन्ताजनक भएपछि नजिकको स्वास्थ्यचौकी सखडामा गएको र त्यहाँ पोषण पुनस्स्थापना गृहमा जान सल्लाह दिएको उनले सुनाइन् । ‘राजविराज आउने भाडा थिएन,’ गुलियादेवीले भनिन, ‘घरमा रहेको चामल पसलमा बेचेर ३० रुपैयाँ भयो, त्यसैका भरमा नातिनी लिएर उपचारका लागि राजविराज आएँ ।’ उनका अनुसार घरमा चामल पनि एकछाकभन्दा बढी पुग्ने थिएन । त्यही पनि बेचिन् उनले । १३ महिनाअघि जन्मँदा नीलम सामान्य अवस्थामा थिइन् । उनको तौल ३ किलो थियो । अहिले उनको तौल चार किलो मात्र छ ।
गुलियादेवीको गरिबीको हालत सहनै नसक्ने खालको छ । ५ वर्षअघि श्रीमान् बिते । छोराबुहारी सामान्य कमाउँछन्, अलग्गै बस्छन् । ज्वाइँले मजदुरी गरेर ल्याएकाले छोरी, दुई नातिनी पाल्ने गरेको उनले सुनाइन् । परालले छाएको सानो २ कोठा भएको घर छ । वर्षामा चुहिन्छ । ‘कति छाक भोकै सुतेको छु,’ उनले पीडा सुनाइन्, ‘अब त हाम्रा सन्ततिको जीवन भगवानकै हातमा छ ।’
आफुसँग खर्च नभएको र नातिनीको अवस्था निक्कै गंभिर भएकाले सहयोगका लागि उनले सबैसित आग्रह गरिन । ‘केही त सुन्लकी हाम्रो दुख रु ’उनले भनिन् । बालिकाहरुलाई आफु दुई छाक खुवाउनै नसक्ने हालतमा रहेकाले दूध र पौष्टिक आहार दिन नसक्ने बताइन.
AAAAAAAAAAAAAAA
WATCH MORE ROMANTIC VIDEOS

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger