Latest Updates :

ओलीले गमलामा पानी हाल्दै भने– ‘एमाले फेदमा मल हालेर हलक्क हुर्केको पार्टी होइन’

SHARE THIS POST :
२४ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लम्पसारवादलाई सन्तुलित विदेश नीति भनेर  व्याख्या गर्नु देशकै लागि दूर्भाग्य भएको आरोप लगाएका छन् ।  प्रदेश नेकपा (एमाले) ७ नम्बर प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले त्यस्तो आरोप लगाएका हुन् । ‘वर्तमान सरकारले लम्पसारवादलाई सन्तुलित विदेश नीति भनेर व्याख्या गरेको छ,’ उनले भने ‘यो सबै लोकतन्त्रवादीहरुका लागि दूर्भाग्य हो ।’

उनले नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार निर्वाचनबाट भागेको पनि आरोप लगाए । आफू नेतृत्वको सरकारले निर्वाचनको कार्यतालिका नै सार्वजनिक गरेको स्मरण गर्दै उनले भने– ‘निर्वाचनबाट लज्जाजनक हार व्यहोर्ने निश्चित भएपछि माओवादी र कांग्रेस निर्वाचनबाट भागिरहेका छन् । यो जनताका हितमा छैन ।’ समयमा निर्वाचन नभए संविधान कार्यान्वयन नहुने र थप समस्या सिर्जना हुने पनि उनले दाबी गरे ।

एमालेसँग धेरै चुनौती रहेको भन्दै उनले ती चुनौतीलाई सामना गरेर अघि बढ्ने क्षमता एमालेसँग मात्र भएको पनि दाबी गरे ।  एमालेलाई अहिले सबैतिरबाट प्रहार भएको भन्दै ती प्रहारलाई पचाउन सक्ने क्षमता पनि एमालेसँग भएको दाबी गरे । ‘एमाले फेदमा मल हालेर हलक्क हुर्केको विरुवा जस्तो पार्टी होइन,’ उनले भने, ‘निकै संघर्ष, बलिदान र चुनौतीको सामना गरेर आएको पार्टी एमाले हो, अलिअलि धक्काले केही हुँदैन ।’  ookghgh

उनले सम्बोधनकै क्रममा चालिस लाख युवा अहिले पनि विभिन्न देशमा भविश्य खोज्दै बसेको भन्दै उनले ती युवालाई स्वदेशमा रोजगारीको व्यवस्था गर्नुपर्ने बताए । ‘चालिस लाख युवा अहिले माहुरीले घार बनाए जस्तो विदेशमा घार बनाएर बसेका छन्,’ उनले भने, ‘ती युवालाई स्वदेशमा ल्याउने र संम्बृद्ध नेपाल निर्माण गर्ने अघियानमा लाग्नुपर्छ । यो योजना एमालेसँग मात्र छ ।’
उनले टीकापुरमा भएको घटनाका दोषीलाई कारवाहीको समेत माग गरे । अहिले केहीले छापामार शैलीमा पाखुरामा च्याप्प समातेर इन्जेक्सन लगाए जसरी जातीय आन्दोलन गरेको भन्दै त्यो धेरै समय नटिक्ने पनि दाबी गरे ।
कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोख्रेलल लगायतले सम्बोधन गरे । धनगढीको एक पार्टी प्यालेसमा आयोजित त्यस कार्यक्रमको अध्यक्षता उपाध्यक्ष एवंं प्रदेश ७ का इञ्चार्ज भीम रावलले गरेका थिए ।  कार्यक्रमको उद्घाटन गमलामा पानी हालेर गरिएको थियो ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger