Latest Updates :

केटी जिस्काउँदा मज्जा आउँछ हो ? यदि हो भने यो लेख एक पटक पढौ !

SHARE THIS POST :
केटी देख्नै नहुने जिस्काईहाल्नुपर्ने । जिस्काउँदा मज्जा आउँछ हो ? संसारको सबै खुसी प्राप्त गर्छन कि के हो ? ग्यारेजमा गाडी बनाउँदै गरेको सानो फुच्चे समेत बाटोमा केटी देख्यो भने, ओहो ! राम्री भएर कता भन्न थाल्छ । बसको खलासीले फिर्ता पैसा माग्दा जिस्किन्छ, भोली दिउँला हुँदैन भन्दै । झर्ने बेलामा भन्छ, अल्लि अगाडि रोकिदिँदा हुँदैन । मैया एकपटक यता फर्केर हेर न । जब केटीहरु बोल्दै हिँडिरहेका हु्न्छन् त्यतिबेला उनीहरुको कुरामा जवाफ दिन्छन् अल्लारे केटाहरु ।


बाटोमा हिँड्दा, कता हो ? म पुर्याईदिउँ भन्छन् । लाग्छ केटाहरु केटी साधन हुन, नत्र के खाँचो उनीहरुलाई पुर्याईदिउँ भन्नलाई । गाउँघरतिर महिलाहरु पुरुषको साधन बनेका छन् भने पुरुषहरु सहरतिर महिलाको साधन बन्न खोजेका हुन कि ? कुलो खन्दै गरेको मान्छे समेत जिस्किन खोज्छ । त्यताबाट लडिएला एता हिँड् । शिक्षक समेत आफूलाई मन परेको विद्यार्थीसँग जिस्किन खोज्छन् । प्रहरीको त कुरै नगरौं, दुई कोस परबाट झिस्काउन तमतयार रहन्छन् । यसरी शिक्षकदेखि खलासीसम्म जिस्किन खोज्दा मेरो मनमा धेरै प्रश्नहरु उठ्छन्, पानीको मुल फुटेजस्तै गरि । जब म एक्लै घुम्न निस्किन्छु त्यतिबेला मलाई पनि जिस्काउनेको कमि हुँदैन् ।

साथी आईदिउ । साथी चाहिएको भए त आफैँ खोजेर हिँडिहाल्थे नि । खोकी नलाग्दा नलाग्दै पनि खोकेको बाहाना गर्छन केहि जवानहरु । जब म एक्लै कतै बसिरहेकी हुन्छु यहाँ त सितल रहेछ बसुम न एकछिन भन्दै हिँड्छन् । स्ट्रेट गरेको कपाल बिग्रिन लागेछ । त्यो त मलाई पनि थाहा छ नि । कति न आफैँले गर्दिने जस्तो सुनाईराख्नुपर्ने । जिस्काउने प्रवृति नरुचाउने म अनि जिस्किँदै हिँड्ने अल्लारे जवानहरु । एउटा शिक्षकले भनेको कुरा याद आउँछ । केटाहरु किन कागज ढल्लो पारेर केटीलाई ताक्छन् ?

आफूले छुन नपाएपनि आफूले हानेको कागजले केटीलाई छुन पाए आनन्द आउँछ रे । सायद जिस्काउन पाए र केटीले एक लुक्स दिई भनेर आनन्द आउँछ होला । फेसबुकमा च्याट गर्दै गर्दा, खाना खायौ ? उम खाए । मलाई खोई त भन्दा पनि झिस्काएझै लाग्छ । सायद केटासँग बोल्दा उनीहरु त्यसो भन्दैनन् । तर केटीलाई च्याटमै भएपनि झिस्काउन छोडदैनन् । जब केटाहरुको ग्याङ अगाडि पुगिन्छ तब जिस्काउँछन् भन्ने पक्का हुन्छ । कहिलेकाहिँ यस्तो लाग्छ, केटीलाई खरको झुपडि सोच्छन् केटाहरु, आगो लाउनासाथ जलिहाल्ने । नौनी घिउजस्तै पग्लिहाल्ने ।

घाम चर्किदा र पानी पर्दा ओड्ने छाता, पानीपर्दा ओड्ने रेनकाेट सम्झिन्छन् कि के हो ? प्राय केटाहरु मज्जा लिनको लागि केटी जिस्काउँछन् रे । लेखकलाई लेख्न मज्जा लागेजस्तै, किसानलाई खेत प्यारो लागेजस्तै, एडिक्टलाई ड्रग प्यारो लागेजस्तै । मज्जा लिनलाई केटी नै जिस्क्याउनु पर्छ र ? यो प्रश्न मज्जा लिन केटि जिस्काउने केटाहरुको लागि । केहि केटा विपरित लिङगप्रतिको आर्कषणले केटी जिस्काउँछन् रे । के उनीहरुलाई बाटोमा हिँड्ने सबै केटिप्रति आर्कषण हुन्छ ? कोहि केटी छोड्दैनन ।

मिनीस्कर्ट लगाउनेदेखि साडी लगाउनेसम्मलाई जिस्काउन भ्याउँछन् । हुनत जिस्काउँदा कतिको भाग्य चम्केको होला । लभ पर्याे होला । बिहे भयो होला । तर के ति सम्बन्धहरु स्थायी होलान र ? प्राईभेट जागिरजस्तै अस्थाही पो हुन कि ? आजकल केटीहरु पनि जिस्काउन कम छैनन् भनेर एकजना मित्रले भन्दै थिए । समूहमा हिँड्दा पाएभने केटीहरु पनि छोड्दैन । यसरी जिस्किने अनि जिस्काउने प्रवृति कति हदसम्म राम्रो हो । म भने यसलाई असभ्य संसारकै रुपमा बुझ्छु । जिस्काउनेहरु सबै असभ्य नै लाग्छ । बेरोजगारीको खाडलमा पुरिदा समय काट्ने माध्यम पो हो कि ? ओएस नेपाल

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger