प्रकाशित मिति: शनिबार, पौष ०९, २०७३ समय: ०:१०:५८ नरेन्द्र बस्नेत
केही रुपैँया जम्मा गरेर यहि बर्ष बिवाह गर्ने र सुखी जिवनयापन गर्ने सपना बोकेर सप्तकोशीको छालमा जिवन दाऊमा राख्दै भण्टाबारीका २४ बर्षीय सदानन्द कामतले डुंगा चलाउन थालेको ३ बर्ष बितेछ । सामान्य लेखपढ गर्न समेत नपाएका कामत करिब ३ बर्ष बैदेशिक रोजगारीका शिलशिलामा मलेसियामा पुगेर फर्किएका रहेछन । राम्रो कमाई हुने लोभमा बिदेश गएका उनी करिब ३ बर्ष दैनिक १८ घण्टा काम गर्दापनि भनेजस्तो कमाई नभएपछि स्वदेश फर्किएर डुंगा चलाउन थालेका रहेछन ।
घर ब्यबहार चलाउन भएपनि उनले डुंगा चलाउन थालेको ३ बर्ष बितेछ । दैनिक १५ सय देखि ४ हजार सम्म कमाई गर्न थालेका उनले अब बिवाह गरेर पेशा परिबर्तन गर्ने सोच पनि बनाएका रहेछन । ज्यान नै जोखिममा राखेर डुंगा चलाउँदा मेहनत बढी पर्ने र खतरा समेत बढी हुने भएका कारण उनले पेशा परिबर्तन गर्न चाहेको बताए ।पुसको चिसोमा पनि डुंगा यात्रा अबधिभर उनको निधारबाट पसिना चुहिरहयो । उनको मेहनत देख्दा लाग्दथ्यो उनी जिवनयापनकै लागी यति धेरै मेहनत गररहेका छन । पसिना चुहिरँदा पनि उनी हामीसँग हसिँलो मुद्रामा कुराकानी गरिरहेका थिए । उनले आफना जिवनका सबै गाँठाहरु फुकाउँदै गए ।
उनका घरमा ५ जनाको परिवार रहेछन । एक दाई बिदेशमा बुबा आमा,एक दिदी सहित उनी घरमा बस्दारहेछन । उनकै कमाईबाट बुबाले भण्टाबारी चौकमा सानो चिया पसल खोलेका रहेछन । गरिबी र अशिक्षाका कारण बिद्यालय देख्न नपाएको र आफुले पढन नपाएको बताए । उनको पनि सपना रहेछ,डुंगा चलाएर केही रकम जम्मा गर्ने अनि घरजम गर्ने,बिहे कहिले गर्ने भन्दा उनी फिसिक्क मुस्कुराए,सायद यपह बर्ष बिहे गर्छु अनि कतार जान्छु यहाँ बस्यो भने पैसा बच्दैन उता गयो भने पैसा बच्छ ।