Latest Updates :

लोडसेडिङ अन्त्य गर्ने कुलमानलाई कार्यालय छिर्न नदिने चेतावनी

SHARE THIS POST :

कार्तिक २६, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कर्मचारी ट्रेड युनियनले राजधानीमा लोडसेडिङको अन्त्य गरेर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई कार्यालय छिर्न नदिने चेतावनी दिएका छन्।
शुक्रबार विद्युत प्राधिकरण कर्मचारी संघ र कर्मचारी युनियनले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै कार्यालय प्रमुखलाई घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने चेतावनी दिएका हुन् ।
संयुक्त विज्ञप्तिमा प्राधिकरणका गतिविधि व्यवस्थापन गर्न बारम्बार ध्यानाकर्षण गराउँदा समेत कार्यान्वयन नभएको, एकपक्षीय समाचार प्रेषित गरेको, कार्यालयमा अनावश्यक मानिसको जमघट गराएर काममा बाधा पुर्याएको, कर्मचारीको मनोबल गिराउने काम गरेको, कार्यालयको वातावरणलाई आतंकित गराउने मनसायका साथ लागेकोलगायत आरोप छन् ।
नेपाल विद्युत प्राधिकरण कर्मचारी संघकी सह अध्यक्ष प्रमिला ढुंगाना र नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष रामकुर थेबेले हस्ताक्षर गरेको विज्ञप्तिमा अनावश्यक गतिविधि अन्त्य नगरे कार्यालय प्रमुखलाई कार्यालय प्रवेशमा रोक लगाउने चेतावनी दिइएको छ।

’हामीले विवादको समाधान गर्न पटकपटक प्रयास र आग्रह गर्दा समेत सम्बिन्धित पक्षबाट समाधानको कुनै प्रयास नभएकाले हामी क्रियाशिल ट्रेड युनियनले उठाएका विधि स्थापित गर्ने विषयको तत्काल सम्बोधन गरी स्थगित रहेका अन्तवार्ता कार्यक्रम यथाश्रीघ नियमित गर्न पुनः आग्रह गर्दछौँ,’ विज्ञप्तिको अन्तिममा भनिएको छ, ’अन्यथा संस्था प्रमुखलाई कार्यालय प्रवेशमा रोक्न सक्ने लगायतका विरोध कार्यक्रम दिन बाध्य हुने र विरोधका कार्यक्रमबाट उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवार स्वयम् व्यवस्थापन हुने ब्यहोरा समेत जानकारी गराइन्छ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger