कार्तिक १९, २०७३- सोसल मिडियामाबाट एकाएक चर्चित बनेकी तरकारीवाली (कुसुम श्रेष्ठ) को दैनिकी तीन दिनयता फेरिएको छ । गोरखा भुम्लिचोक-८ की कुसुम तीन दिन अघिसम्म बिहान उठेदेखि रातिअबेरसम्म घरमा आमाबुबालाई काममा सघाइरहेकी हुन्थिन् । तर अहिले घरको काममा त्यति धेरै समय दिन पाएकी छैनन् उनले । फोन रिसिभ गर्न, बधाइ लिन र पत्रकारलाई अन्तर्वार्ता दिनमै व्यस्त छिन् उनी। भन्छिन्, 'दिनकै २ सय भन्दा बढी फोन रिसिभ गर्नु परेको छ । बोल्दा बोल्दै व्याट्री सक्किन्छ, अनिमात्रै फुर्सद पाइन्छ ।'
