अमेरिकामा कार दुर्घटना, चार नेपालीको मृत्यु, दुई घाइते
वाशिंगटन डीसी । अमेरिकाको जर्जिया राज्यको एटलान्टाको ग्रामिण क्षेत्र जेफर्सन काउन्टीमा भएको कार दुर्घटना चार जना नेपालीको मृत्यु भएको छ ।
शुक्रबार नोवेम्बर ४ तारिखमा भएको दुर्घटनामा परि घटनास्थलमै उनीहरूकाे निधन भएको हाे । उक्त कारमा सवारी ६ जना मध्ये २ जनाको स्थानीय अस्पतालमा उपचार भै रहेको जानकारी जर्जिया जेफर्सन काउन्टीका मृत्यु समीक्षकले दिएका छन् ।
पारिवारिक स्रोतका अनुसार दुर्घटना निधन हुनेहरुमा गुल्मी घर भई हाल काठमान्डौ अनामनगर बस्ने चिरन्जीबी खनाल , उनकी पत्नी तथा दुई बुहारीको घटनास्थलमा मृत्यु भएको हाे । कारको पछाडि बस्ने पछाडी बसेका सबैको मृत्यु भएको हो भने गाडीको अगाडि बसेका समिर खनाल तथा सुबास खनाल घाइते भएका छन् । उनीहरूकाे खतरा मुक्त रहेकाे जनाइएको छ ।
गाडीको पछाडि बस्ने पिता चिरन्जीवी खनाल तथा उनी पत्नी श्यामा खनाल ,बुहारी रिचा खनाल पन्त तथा समिरकी प्रेमिकाको मृत्यु भएको हो । उक्त परिवारले यस बर्षको तिहार भर्जिनियामा मनाएको भर्जिनियामा बसोबास गर्ने आफन्तले बताएका छन् । लक्ष्मी पूजाको दिन आफूसँग बिताएको जानकारी नाम उल्लेख नगर्न आग्रह गर्दै खनालका अाफन्तले बताएका छन् । उनले प्रहरीको सम्पूर्ण बिबरण आए पछि अन्य जानकारी दिने बताए ।
निसान अल्टिमा नामक कारमा सवार उनीहरू शुक्रबार राति ९ बजे दुर्घटनामा परेका हुन् । २९६ नामक जर्जिया राजमार्ग को उत्तर तर्फ गइ रहेको अवस्थामा ८८ राजमार्गमा रोक्नु पर्ने स्थानमा १८ पाङ्ग्रे ठूलो माल बाहक ट्रकसँग ठोकिन पुगेको थियो ।
प्रत्यक्षदर्सी अनुसार अचानक कार देख्दा बचाउने कोसिस गर्दा गर्दै घटना भएको थियो । माल बाहक (ट्रक )चालक त्यहि स्थानीय स्यानडर्सभिलको टेनीमा संचालित प्रतिष्ठानमा काम गर्छन भने उनलाई सामान्य चोट लागेको छ । दुर्घटना ८८ राजमार्ग तथा २९६ राजमार्गको बीचमा भएको हो ।
शवलार्इ एटलान्टाको अपराध प्रयोगशालामा राखिएको छ भने दुर्घटनाको कारण मध्यपान हो कि हैन भन्ने अहिले सम्म पुष्टि नभएको प्रहरीले जनाएको छ । परिवारिक श्रोतका अनुसार मृतक चिरन्जीबी खनाल नेपालमा सरकारी जागिर को निवृतिभरण प्राप्त गरि अमेरिका घुम्न आएका थिए ।

नेपालमै बन्न थाले यस्तो शर्ट मुभी हैट अब के भन्ने आफै हेर्नुहोस ।