Latest Updates :

नयाँशक्तिका नेता तथा कृषि वैज्ञानिक मदन राई भन्छन्, ‘ लिंग र योनी छोप्ने कुरा नै होइनन्’ खुल्ला देखाएर हिड्नु पर्छ -आफ्नोलाई छोप्ने ढुङ्गाले बनाएको त्यसैको प्रतीमूर्ती लाई ढोग्ने हामी नेपाली हौ। भिडियोसहित)हामीले अश्लील भनिएका शब्द यसरी निर्धक्क प्रयोग गर्छन मदन राई

SHARE THIS POST :
कात्तिक १७ । मदन राई ‘६७’ कृषिविज्ञका रुपमा प्रतिष्ठित नाम हो । गरिबी र अशिक्षाले ग्रस्त समाजमा जन्मी हुर्केका राई पहिलो अक्षर त्यो बेला सिके जुन बेला उनको उमेर ९ वर्षको थियो । पढाईमा अब्बल राईल कृषिमा बिएससी गरे । १७ वर्ष जागिर खाए । अमेरिकामा पिएचडी गर्दागर्दै यूएनका जागिर खान गए । विश्वका धेरै मुुलुक, त्यहाँको समाजलाई नजिकबाट नियालेका राई नेपालका ७५ जिल्ला त पैदल नै घुमेका छन् ।
धर्मशास्त्र र विज्ञानबीच फ्ुयजन छ भन्ने मान्यता राख्ने राई भन्छन्, ‘ फिजिक्सले प्रकाश, ताप र विद्युतको अध्ययन गर्छ । त्यो भनेको पञ्चतत्वकै कुरा हो । किनभने प्रकाश, ताप र विद्युत त घामले नै दिन्छ । विज्ञान भनेको त प्रकृतिको अध्ययन रहेछ । यो कुरा कहिले पनि पढिएन । सिकाइएन ।’

मान्छेले कपडा लगाउन थालेको ५–६ हजार बर्ष भयो । खेतिगर्न थालेको १० हजार वर्षजति भयो । त्यस अघि मानिसहरु जंगली युगमै थिए । चिसो हुँदा कपडा लगाउने चलन आयो । कपडा पनि शरिरको सबैभागमा छोपिँदैन । विशेषगरी योनी, लिंग, मलद्वार, स्तनमा कपडाले ढाकिन्छ । अन्त नढाक्दा पनि हुन्छ । यस्तो किन ?
राई भन्छन्, ‘संसार घुमेँ, समस्याको जड खोजेँ । लाखौ वर्षसम्म मानिसहरु नांगै बसे । कपडाको चलन त पछि आएको रहेछ । अनि थाहा पाएँ समस्या त यहिँबाट शुरु भएको हो ।’
राइको विचारमा यौनलाई हरेक धर्मले नियन्त्रण गरेको छ । व्यवस्थित गर्दा हुने विषयमा धर्मले नियन्त्रण गरिदियो । यौन कुनै लुकाउनु पर्ने विषय होइन । तर बनाइयो । यौनमा शक्ति हुन्छ । शक्ति भनेको इश्वर हो । शक्तिकै कारण यौनपछि मान्छे जन्मिन्छ । श्रृष्टि चल्छ । यति धेरै महत्वको यौनलाई किन निचोरेर राखियो ? यो प्रश्नमा राइको तार्किक जवाफ छ– राख्नु पर्ने थिएन, राखियो । यौन त शिक्षा हो । शिक्षा दिनुको सट्टा लुकाएर राखियो भने समाज गलत दिशामा जान्छ । अहिलेसम्म भएकै त्यही हो ।
यौन, यौनांगका विषयमा फरक धारणा राख्ने राई विवाहका बारे पनि फरक विचार राख्छन् । जोसँग यौन सम्बन्ध राखियो, त्योसँग विवाह गर्नुपर्छ भन्ने मान्यता हाम्रो समाजमा छ । यो गलत धारणा हो । आपसी सहमतिमा आनन्दका लागि यौन सम्बन्ध हुन्छ भने त्यहाँ विवाहको कुरा आउन हुँदैन । विवाह फरक पाटो हो ।
विवाहले पुरुषमाथि अनावश्यक तनाव थोपर्छ । महिलाहरुलाई घरपालुवा मानिस बनाएर निष्क्रिय बनाउँछ । पश्चिमा देशतिर विवाह नै गर्न छाडिसके । यसकारण विवाह गर्न अबको युगमा आवश्यक छैन – राई भन्छन् ‘विवाह यौनको परमानन्दकालागि हो । अनि सन्तान जन्माउन र साथै बस्नलाई हो । यति कुरा त आपसी सहमतिमा गरे भइहाल्छ । विवाह गरेर, कानुनी प्रक्रिया पूरा गर्ने यो सबै बेकारको झन्झट हो । जीवन सरल छ मान्छेले नै जटिल बनायो ।’
यौनका फाइदै फाइदा छन् । यसले जीवन रमाइलो बनाउँछ । शरिर स्वस्थ बनाउँछ । तर समाजल भने जीवनमा रंग भर्ने यौनका बारेमा कुरै नगर भन्छ । यहि भएर कृषिका विज्ञ राई अहिले यौनबारे पुस्तक लेख्ने तयारीमा छन् ।
नेपालमै पनि आफ्नो पति पत्नीबाहेकसँग यौन सम्पर्क गर्नेहरु धेरै छन् । राइको दाबीअनुसार एक रिपोर्टले शतप्रतिशत नेपालीहरुले परपुरुष, परस्त्री गमन गरेका छन् । एक जनाले एकजनासँग मात्रै यौन सम्बन्ध राख्नु पर्छ भन्ने मान्यता गलत र अप्राकृतिक हो । नेपालजस्तो कन्जरभटिभ देशमा त सबैले लुकेर परपुरुष, परस्त्री गमन गर्छन भने अन्त त धेरैसँग हुन्छ ।
राईका यौनसम्बन्धी धारणा हाम्रो समाज र कानुनअनुसार मिल्दो नलाग्न सक्छन् । समाज विकासका लागि यौनको मामिलामा मानिसहरुले राख्ने दृष्टिकोण बदलिनु पर्छ । तर एक पटकमा एकजनाले एकजनासँग मात्रै यौन सम्पर्क राख्नु पर्ने उनको मत छ । एकैपटक धेरै मानिसहरुसँग सम्बन्ध राख्नु ठीक नहुने राईका मान्यता छ ।
राईले यौन र जीवनका विषयमा तार्किक बहस मात्रै गरेनन् । आफ्नो निजी जीवनबारे पनि खुलेर बोले । नेपालआजसँगको भिडियो अन्तरर्वार्ताका क्रममा उनले २ वटा विवाह गरेको र आफूले १३ वर्षमा पहिले पटक यौनसम्पर्क राखेको बताए । पहिलो विवाह उनको त्यही बेला भएको थियो ।
पहिलो श्रीमतीसँग उनको खास जमेन । दोस्रो विवाह गरे । दोस्रो श्रीमतीसँग अहिले राम्रो गृहस्थी बसेको छ । उनले श्रीमतीबाहेकका महिलासँग पनि सम्बन्ध राखे । तर यो कुरालाई उनले निजी मामिला भन्ने गर्छन् । यसमा श्रीमतीेले चासो राख्न मिल्दैन । उनी पनि श्रीमतीको निजी मामिलामा चासो राख्दैनन् । यौनमा उदार हुँदा जीवन जटिल हुन्छ भन्नेहरुलाई राईको सुखी पारिवारिक जीवन चुनौती बनेको छ । उनी आफै पनि भन्छन्, ‘खै के नराम्रो भो र ? सबै त राम्रै छ ।’
कृषि वैज्ञानिक राईको कुरा सुन्दा लाग्छ यीनी यौनविज्ञ पनि हुन् । समाजका नियम र राज्यका नियमविपरीतका धारणा खुलेर राख्छन् । बोेलेकै कारण उनलाई कारबाही त हुँदैन । तर उनी भन्छन्, ‘मैले देखेको सत्य बोेलेको हुँ । मलाई थुन्छन् नै भने पनि मतलव छैन, किनभने मैले आफ्नो जीवन बाँचिसकेको छु । मर्ने बेलाको मान्छे हुँ । ’
(मदन राई नयाँ शक्ति पार्टीका नेता पनि हुन् । उनले राखेका धारणाहरु निजी हुन् । अन्तर्वार्ताका क्रममा राईले भनेका केही शब्द ठेट नेपालीमा भएका कारण अश्लील लाग्न सक्छ । नेपाली भाषामा भन्दा अश्लील, संस्कृत वा अंग्रेजीमा भन्दा श्लील हुने भन्ने न्यायसंगत हुँदैन । यौनका विषयमा आएको यो फरक दृष्टिकोण धेरैहदसम्म सम्पादन नगरी राखिएको छ ।–सम्पादक ) साभार- नेपालआजबाट

हेर्नुहोस भिडियो

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger