कार्तिक २०, बेसीसहर (लमजुङ) । सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले दुईथरिलाई कारबाही सुरु गरेको छ । नियम विपरीत सवारी चलाउने र सवारीधनी दुवैलाई कारबाही सुरु गरिएको हो । चालक अनुमतिपत्र नभएकाहरुले सवारी चलाएको भेटिएमा मात्र कारबाही गर्दै आएको प्रहरीले चालक अनुमतिपत्र नभएका व्यक्ति र सवारीधनी दुवैलाई कारबाही गर्न थालेको हो ।
चलाउने भन्दा पनि अनुमतिपत्र नभएकालाई सवारी दिनेको लापरबाही भएको छ भन्दै सवारीधनीलाई पनि जरिवाना लिइएको ट्राफिक प्रहरी हबल्दार भूमिराज घिमिरेले बताउनुभयो । उहाँका अनुसार चालक र सवारीधनी दुवैबाट रु एक/एक हजार जरिवाना लिने गरिएको छ । चालक अनुमतिपत्र नभएका एउटै व्यक्ति धेरै पटक कारबाहीमा पर्दा समेत सुधार नभएपछि सवारीधनीलाई कारबाही सुरु गरिएको हो ।
सवारीधनीलाई नै कारबाही गर्न थालिएपछि चालक अनुमतिपत्र नभई सवारी चलाउनेहरुको सङ्ख्यामा कमी आउने विश्वास ट्राफिक प्रहरी अच्युत विष्टले व्यक्त गर्नुभयो । रासस