Latest Updates :

पाकिस्तानसँग युद्धको अवस्थामा रहेको भारतलाई चीनले दियो अर्को टेन्सन

SHARE THIS POST :
नयाँदिल्ली, १९ कात्तिक । चिनियाँ सैनिकले बुधवार लाइन अफ कन्ट्रोल (एलओसी) नजिकै भारतीय भूमितर्फ बनाइरहेको नहरको काम रोकिदिएको छ । चिनियाँ सेनाले नहरको निर्माणकार्य रोकिदिएपछि त्यहाँ भारत–तिब्बत सीमा पुलिस पुगेको छ । उनीहरुले चिनियाँ सैनिकलाई आफ्नो सीमाबाट फिर्ता जान आग्रह गरिरहेका छन् ।

भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार कयौं घन्टासम्म भारतका ७० जना र चीनका ५५ जना सैनिक आमने(सामने भएका थिए । भारतीय सेनाले भने यस्तो घटनाको इन्कार गर्दै यसलाई नियमित रुटिनको मामिलाको संज्ञा दिएको थियो ।
 द हिन्दुले लेखेको समाचार अनुसार चिनियाँ सैनिकले भारतीयपक्षलाई त्यो क्षेत्रमा पूर्वाधार बनाउनुअघि आफूहरुको अनुमति लिन जरुरी रहेको बताएको थियो ।
यी दुई देशबीच सीमाक्षेत्रमा सैन्य पूर्वाधार निर्माण गर्दा सूचना आदानप्रदान गर्ने सम्झौता भएको थियो । बुधवारको घटनामा दुबै देशका सैनिकले झन्डा लगाएर पोजिशन लिएका थिए । भारतीय जवानले त्यसक्रममा चिनियाँ सैनिकलाई त्यहाँ भन्दा अघि नबढ्न पनि सचेत गराएका समाचार सार्वजनिक भएको छ ।
१९ जुलाईमा उत्तराखण्डको चमोलीमा पनि चिनियाँ सैनिकले भारतले बनाइरहेको नहरको काम रोकिदिएको थियो । सन् २०१४ मा पनि लद्दाखको निलुङ्ग नालाको काम चिनियाँ सैनिकले मजदुरका टेन्ट भत्काइदिएका थिए ।
भारत र चीन बीच विवादित इलाका ४ हजार किलोमिटरको रहेको छ । तर चीनले भने विवादित सीमाक्षेत्र केबल २ हजार किलोमिटर मात्रै रहेको दाबी गरेको छ । आजको कारोबार दैनिकमा खबर छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger