Latest Updates :

इटहरीमा साङ्घातिक आक्रमण गरी अढाई लाख बढी लुटपाट घटना सार्वजनिक

SHARE THIS POST :
इटहरी, १८ कात्तिक । इटहरी उपमहानगरपालिका–१ स्थित इलाका प्रहरी कार्यालय नजिकै रहेको दाहाल कोल्ड सेन्टरका सञ्चालक ६५ वर्षीय केदार दाहाललाई दोकानभित्रै साङ्घातिक आक्रमण गरी रु अढाई लाख बढी लुटपाट गरेको घटना आज सार्वजनिक भएको छ ।

 प्रहरीले घटना भएको पसल खोलेर मुचुल्कासमेत गरेको छ । कात्तिक १५ गते ९ः३० बजेतिर आक्रमणकारीले दाहालको टाउको र अनुहारमा इँटाले हिर्काएर कोल्ड सेन्टरभित्रै लडाई बाकसमा भएको दिनभरी बिक्री गरेको अढाई लाखभन्दा बढी नगद लुटेर दोकानको सटर बन्द गरेर फरार भएको घटनाको आज सोधखोज र अनुसन्धान थालिएको छ ।
घाइते दाहालको भने विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इप्रका इटहरीले जानकारी दिँदै घटनामा फेला परेको मोबाइलका आधारमा एक जना शङ्कास्पद व्यक्ति नियन्त्रणमा लिइसकेको र अरु अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो ।

उपचारमा रहेका दाहालको आँखा र दाँतमा गम्भीर चोट लागेको र उनी अझै अर्धचेत अवस्थामा रहेकाले कसले उनीमाथि आक्रमण गरेको भन्ने कुरा यकिन गर्न कठिनाइ भइरहेको उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष शैलेस विष्टले बताउनुभएको छ
WATCH MOREE VIDEOS

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger