Latest Updates :

पूर्वराजा ज्ञानेन्द्रलाई ओलीको ब्यङ्गात्मक जवाफ ज्ञानेन्द्र कै नक्कल गर्दै ,

SHARE THIS POST :

भक्तपुर, - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले उठाएका प्रश्नहरुको बारेमा जवाफ दिएका छन् ।

अध्यक्ष ओलीले संविधान कार्यान्वयनमा देखिएका सानातिना समस्याहरु तत्कालै सम्बोधन गरेर  अघि बढ्नुपर्ने धारणा समेत राखेका छन् ।

शनिबार आफ्नो निवास भक्तपुरको बालकोटमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष ओलीको दशैंको अवसरमा आफूले कसैको विरोध वा समर्थनमा नबोल्ने बताए । ओलीले पूर्वराजा ज्ञानेन्द्रले उठाएका प्रश्नहरुको जवाफ दिनेक्रममा दशैंका बेलामा आफूले कुनै भल छोप्न नचाहने जवाफ दिएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंको अवसरमा लिखित शुभकामना व्यक्त गर्दै विज्ञप्ति जारी गर्ने क्रममा उठाएका प्रश्नहरुको जवाफमा ओलीले आफू अहिले कसैको पक्ष वा विपक्षमा बोल्ने मुडमा नरहेको बताएका हुन् ।

अध्यक्ष ओलीले अघि थपे, ‘म अहिले दशैंका बेलामा कुनै भल छोप्न चाहन्न, र, म कुनै कसैको विरोध वा समर्थन, कसैको पक्ष वा विपक्षको कुरा गर्न चाहन्न ।’ उनले अघि थपे, ‘नेपालको इतिहास हामी सबैलाई थाहा छ । हामी अगाडि बढ्छौं । नेपाल अगाडि बढ्छ ।’

अध्यक्ष ओलीले संविधानको कार्यान्वयनमार्फत सबै खाले समस्याहरु हल गर्दै संक्रमणकाललाई टुंग्याएर अघि बढ्नुपर्ने आवश्यकत्ता औंल्याए । उनले भने,“तीव्रताका साथ आर्थिक उन्नतिको दिशामा, सम्वृद्धिको दिशामा अगाडि बढौं । हामी सबैलाई यस महान चाडले प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।”

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger