Latest Updates :

श्रीमानलाई मारेर मासु खाने तयारीमा थिईन श्रीमती …!

SHARE THIS POST :

श्रीमानलाई मारेर मासु खाने तयारीमा थिईन श्रीमती …!
श्रीमान् र श्रीमतीको नाता सबै भन्दा नजिकको नाता हो |जसको साथ बिना एक अर्का नै अधुरो  हुने गर्दछन |सबै भन्दा प्रिय र नजिकको सम्बन्धको रुपमा श्रीमान र श्रीमतीको सम्बन्धलाई लिने गरिन्छ |उनीहरुले एक अर्कालाई अप्ठ्यारो पर्ने काम जानी जानी गर्दैनन् पनि तर यस्ती श्रीमती पनि फेला परिन जसले आफ्नै श्रीमानको बिभत्स तबरले हत्या गरिन |

श्रीमतीले श्रीमानको हत्या गरेको कुरा सुन्दा पनि अचम्म लाग्न सक्छ तर यो वास्तविक हो |उनले हत्या मात्र गरिनन् यतिसम्म कि उनले श्रीमानलाई मारिसकेपछि उनको मासु पकाएर खाने तयारीमा थिइन् । डेलीटेलिग्राफ को खबर अनुसार यो घटना सन् २००१ को अक्टोबर महिनाको हो । उनको यो घटनालाई निकै विभत्स भएका कारण लुकाइएको हो ।

अष्ट्रेलियाको न्यू साउथ वेल्सकी क्याथरिन नाइटका बारे ठूला पत्रकारलाई सोध पनि उनको बारे जानकारी नभएको बताउने गर्छन् । घटना भएको थाहा पाएपछि उनको घर पुगेका एक प्रहरीलाई उक्त भयानक दृश्य बिर्सन धेरैवर्षसम्म थेरापी नै गर्नुपरेको बताइएको छ । क्याथरिनले आफ्ना श्रीमान् जन चाल्र्स थमसमाथि ३७ पटक चक्कुले हमला गरिन् ।
यति गर्दा पनि उनको रिस शान्त नभएपछि उनले श्रीमानको शरिरको सबै छाला निकालेर ढोकामा झुण्डाइन् । यसका साथै उनले शवलाई टुक्रा टुक्रा पारिन् र पकाइन् । पकाइएको उक्त मासुलाई उसिनेको आलु र अरु तरकारीसँगै राखेर छोराछोरीलाई ख्वाउनका लागि डिनर टेबलमा ठिक्क पारेकी थिइन् । त्यतिबेला नै पुलिस पुगेर उनलाई पक्राउ गरेको थियो । उनी सिल्भरवाटर वुमन्स करेक्सनल सेन्टरमा आफ्नो जन्मकैदकाे सजायँ भोगिरहेकी छिन् ।
उनको मुड राम्रो भएको बेला उनी सबैसँग हाँस्ने, रमाउने, बोल्ने गर्थिन् र सबैको राम्रो साथी बन्थिन् । उनको मुड बिग्रिएको बेला भने उनका साथीहरु आफैं पर जान्थे किनभने उनी रिसाएको बेला निकै भयानक हुने गर्थिन् । खबरका अनुसार उनी मानसिक रोगको शिकार थिइन् र उनका पहिलो श्रीमानलाई त उनकी आमाले क्याथरिन हत्यारा बन्न सक्ने भएका कारण सतर्क रहन आग्रहसमेत गरेको बताइएको छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger