Latest Updates :

ट्रकको ठक्करबाट भट्टराईको मृत्यु

SHARE THIS POST :
चितवन, ७ कात्तिक-ट्रकको ठक्करबाट घाइते हुनुभएका सुनसरी महेन्द्रनगर– ६ बस्ने ४१वर्षीय युवराज भट्टराईको मृत्यु भएको छ ।

शनिबार दिउँसो पूर्वी चितवनबाट नारायणगढतर्फ आउँदै गरेको ना ४ ख ९७१० नं को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना १९ प ५१८० नं को मोटरसाइकललाई भरतपुर उपमहानगरपालिका– १२ मिलनचोकमा ठक्कर दिँदा भट्टराई घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइते भट्टराईको उपचारका क्रममा चितवन मेडिकल कलेजमा आइतबार बिहान मृत्यु भएको हो । मोटरसाइकललाई ठक्कर दिने ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । रासस

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger