Latest Updates :

शंकाले जलाएको लंका ,

SHARE THIS POST :
शंकाले जलाएको लंका ,
सिलौटाले थिचेर श्रीमतीको बीभत्स हत्या,
नवलपरासी / नवलपरासीको शिवमन्दिर–२ निवासी विश्वास पौडेलले शनिबार राति आफ्नै श्रीमती पार्वती पौडेलको बीभत्स हत्या गरेका छन्।

हत्याको विरोध र दोषीलाई कारबाहीको माग गर्दै स्थानीय महिलाहरूले आइतबार करिब ३ घण्टा घटनास्थल अगाडिको मुख्य राजमार्गमा टायर बालेर विरोध प्रदर्शन गरे। श्रीमतीको हत्याको अभियोगमा विश्वासलाई गए राति नै पक्राउ गरेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
शिवमन्दिर गाविस वडा नं २ का विश्वास पौडेलले गए राति १ बजेको समयमा आफूसँगै सुतिरहेकी २७ वर्षीया श्रीमती पार्वती पौडेललाई सिलौटाले टाउकोमा थिचेर निर्मम ढंगले हत्या गरेको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ। गए राति १ बजेको समयमा श्रीमतीको सुतिरहेको अवस्थामा बीभत्स हत्या गरी प्रहरीमा गिरफ्तारी दिने पौडेललाई कडा कारबाहीको माग गर्दै स्थानीय महिलाहरूले पूर्वपश्चिम राजमार्गमा बिहानैदेखि चक्का जाम गरी सडक अवरुद्ध पारेका हुन्।


WATCH MORE VIDEOS

श्रीमती हत्या गरी गिरफ्तारी दिने पौडेललाई प्रहरीले ज्यान मार्ने उद्योगमा कारबाही अगाडि बढाउने जनाएको छ। घटनासँगै आइतबार अपरान्ह प्रहरीले पोष्टमार्टमका लागि मृतक महिलाको शव उठाउने क्रममा स्थानीय महिला र प्रहरीबीच झडपसमेत भएको थियो। झडपका क्रममा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १५ राउण्ड अश्रुग्यास प्रहार गरेको इलाका प्रहरी कार्यालय कावासोतीका प्रहरी नायव उपरीक्षक विमल बस्नेतले बताए।
झडपका क्रममा भागदौड मच्चिँदा स्थानीय दुई जना महिला घाइते भएका छन्। प्रहरीका अनुसार भागदौडमा परी कावासोती–५ निवासी ६० वर्षीय पार्वती देवकोटाको खुट्टा भाँचिएको छ भने अर्की एक महिलाको टाउकोमा चोट लागेको छ।

WATCH MORE VIDOES

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger