Latest Updates :

उदयपुमा श्रीमानद्वारा श्रीमतीकाे हत्या

SHARE THIS POST :

 उदयपुर, ८ पुस / उदयपुरमा श्रीमानद्वारा श्रीमतिको हत्या गरिएको छ । जिल्लाको भलायडाँडाँ गाविस–९ स्थित ध्वाँसेमा घरयासी विवाद हुँदा २६ वर्षे शोभा सदा श्रीमतिलाई ४८ वर्षे श्रीमान पुकन सादाले हत्या गरेका हुन । मदक पर्दाथ सेवन गरेर घरमा आई श्रीमतिलाई कुटपिट गरी हत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी ओम राना मगरले जानकारी दिए ।
‘मंगलरबार ५ गते बेलुका पुकनले मदक पर्दाथ सेवन गरी घरमा आएर श्रीमतिलाई कुटपिट गरी ज्यान लिएको जानकारी आयो ।’ डिएसपी रानाले भने, ‘बुधबार दिउँसो प्रहरी घट्ना स्थल पुग्दा लडेर मृत्यु भएको बयान दिने श्रीमान पुकनलाई समेत पक्राउ गरिएको छ ।’

गए राती शव पोर्टमाटमको लागि जिल्ला अस्पताल ल्याएको छ भने श्रीमानलाई पक्राउ गरेर अनुसन्धान प्रहरीले सुरु गरेको छ ।स्थानीयका अनुसार दैनिक मदक पर्दाथ सेवन गरेर श्रीमतिसँग झगडा गर्ने पुकनले हत्या गरेको हुन सक्ने प्रहरीको भनाई छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger