Latest Updates :

प्रधानमन्त्रीद्वारा राजीनामा घोषणा, राजीनामा पत्रमा हस्ताक्षर गरिसकेको खुलासा

SHARE THIS POST :
किर्गिजस्तान । सत्ता समीकरणमा सघाएको किर्गिज राष्ट्रपतिको दल सरकारी गठबन्धनबाट बाहिरिए पछि प्रधानमन्त्री अलमाजवेक अताम्वयवले सरकारबाट राजीनामा दिने भएका छन्।

राष्ट्रपतिको दल र प्रधानमन्त्रीबीच यहाँको राजनीतिक विषयमा खिचातानी भएपछि गठबन्धन तोडिन पुगेको बताइएको छ ।
विज्ञप्तिमा प्रधानमन्त्री अताम्वयवले वर्तमान् सरकारबाट राजीनामा गर्ने पत्रमा हस्ताक्षर गरिसकेको जनाइएको छ ।

यद्यपि प्रधानमन्त्री अताम्वयवले नयाँ गठबन्धनका लागि मुलुकका अन्य दलसँग पहल गरी छिट्टै अर्को सत्ता समीकरण बनाउन पहल थाल्ने विश्लेषकहरुको भनाई छ ।

राजनीतिक सङ्कटबाट ग्रस्त पूर्व सोभियत राज्य किर्गिजस्तानमा गत वर्षको संसदीय निर्वाचनपछि अप्रिलमा बनेको सरकारले स्थायित्व पाउने आशा गरिएको थियो । अताम्वयव मुलुकको छैठौँ प्रधानमन्त्री हुन् ।

सन् २०१० मा चलेको आन्दोलन र जातीय हिंसामा करिब ५०० नागरिकले ज्यान गुमाए पनि यी आन्दोलनमा उठाएका मुद्दा समाधान हुन नसक्दा मुलुक र राजनीतिक खिचातानीका बीच अघि बढिरहेको छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger