Latest Updates :

तिमीलाई केटीको कुमारित्व तोड्न निकै मज्जा आउछ,मेरो कुमारित्व तोड्दा तिम्रो चाही तोडिएन ?? जति जना सँग यौन सम्बन्ध राखे पनि पुरुश त जस्ताको त्यस्तै । फेरी पुरुश हरुलाइ बिबाह पुर्ब वा बिबाह पश्चात भोग गर्न चाही परस्त्री चाहिन्छ । अनि बिहे गर्दा चाही भर्जिन केटी चाहिन्छ ,

SHARE THIS POST :
यदी म बेश्या हुँ भन्ने थाहा पाए भने कतीपय पुरुशहरु भित्रभित्रै गद गद हुन्छन र मौका पर्यो भने फोन नम्बर माग्छन र निस्फिक्री फोन पनि गर्छन । कोठाको तारतम्य मिलाउछन र भने जती पैसा तिर्न तयार हुन्छन । कसैले नदेखी सकेसम्म माक्स लाएर कोठामा भित्रिन्छन अनि नाङ्गिन्छन । फेरि दुरुस्तै भएर बाहिरिन्छन मानौ केही भएकै छैन ।
 हैन ?

अझ उसले मलाई नै बाहिर देख्यो भने उसको साथीलाई भन्छ “ओए हेर न उ.. त्यो बेस्या हो रे ‘रे’ लगाईदिन्छ । मानौ उ दुध ले धोएको हो । उ म सँग सुतेकै हैन । र उ कहिल्यै बेस्या सँग जानै सक्दैन , उ ईज्जतदार हो । हो।। यहि हो पुरुशहरुको देखाउने दारा । जो सँग सुते पनि उ चोखो हुन्छ प्रमाण केही हुदैन । हुन त भगवान ले पनि नारीलाइ नै ठगेका छन । कसैसँग यौन सम्पर्क राख्नासाथ नारी कै भर्जिनिटि क्षय हुन्छ ।

पुरुश त जस्ताको त्यस्तै । फेरी पुरुश हरुलाइ बिबाह पुर्ब वा बिबाह पश्चात भोग गर्न चाही परस्त्री चाहिन्छ । अनि बिहे गर्दा चाही भर्जिन केटी चाहिन्छ , यो पुरुश हरुको अर्को लुकाउने दार्हा हो ! पुरुश हरुले महिला लाई खेलौना अथवा यौन शन्तुस्टी मेटाउने साधन भन्दा बढी केही सँझदै सँझदैनन । सडकमा हिड्ने जो सुकै केटीलाई पनि कसिलो नितम्ब र थाई देख्यो भने १२ बर्सको ठिटो देखी ७५ बर्षको बुढो सम्मले नियालेर हेर्छ !  बास्तब्मा हामिलाई पनि हेरिदिए हुन्थ्यो जस्तो नै लाग्छ । गुनासो सिर्फ यति हो कि पुरुशले पनि किन बेश्याको दर्जा पाउन सकेन रु किन महिलालाई मात्र दोशी मान्छ हाम्रो समाज रु प्रकृतीले समागम कै लागी पुरुश र नारी बनाएको हुनुपर्छ । नत्र सबै पुरुश भए वा नारी भए नि भैहाल्थ्यो नि । यदी त्यसो हो भने सेक्सलाई मानिसले किन लुकाउछन ?

बिहेको पहिलो रातको असह्य पिडालाई बिहान बुहारीले लुकाउन सक्दिनन् र टाङ फाड्दै हिडेको देखेर सबैलाइ थाहा पनि हुन्छ कि बुहारीलाइ गार्हो भै रहेको छ । तै पनि कसैले भन्न सक्दैनन कि ‘बुहारी तिम्रो गुप्ताँङ्ग दुखेको छ आराम गर ‘ भनेर । बरु भित्र भित्रै बुहारि लाई हेरेर गद गद भै रहेका हुन्छन । यो हाम्रो समाजको खराब पक्ष नै हो । भर्खरै को ताजा घटना एउटी गायिका , मोडल ज्योती मगर माथी ‘अभद्र ब्यबहार’ले सँचार माध्यम तातेका छन । के ज्योतीको अर्धनग्न शरिर नहेर्ने धृष्टता यो समाजका पुरुश ले गर्न सक्छन ? के ज्योतिका भिडियो हरु एभोईड गर्ने ताकत छ पुरुश हरुमा रु छैन ।

बरु उल्टै अहिले सबै भन्दा बढी युट्युब मा ज्योतिका भिडियो लाई क्लिक गरिन्छ । र उनका भिडियोको भ्यु यो साता मात्र करिब डबल भएको छ । यसको मत्लब पुरुश लाई उनी मन पर्छीन । फेरी किन ज्योती ठिक छन भनेर भन्ने आँट कुनै पुरुशमा छैन त रु मैले सामाजिक सँजालमा खुब ठुला भनाउदा लेखक,कबी ,लब्ध प्रतिष्ठित ब्यक्ती हरु, अफिसर हरु र केही कलाकारलाई समेत जोखेकी छु । मै सँग ईनबक्स मा भल्गर च्याट गरेर पब्लिकमा नारीको सँमान गर्नु पर्छ भन्ने आशयका लेखहरु लेख्छन । मलाईनै “स्तन को फोटो पठाईदेउ न”  भनेर अनुरोध गर्नेहरु ज्योती मगरलाई गाली गर्दै स्टाटस अपडेट गर्छन आखिर कतिदिन सम्म कोखमा दार्हा बोकेर हिड्छौ पुरुश हरु रु मलाई यौन ब्यबसाय गर्ने रहर छ भने म किन कसैसँग डराउने रु अझ जसले म सँग यौन सम्पर्क राख्छ उसै सँग किन म लुकेर हिड्ने ?


मैले किन सँम्मान साथ यौन ब्यबसाय अपनाउन नसक्ने रु के यो देश अघोसीत पुरुश बेश्या हरुको मात्र बपौती हो रु यस्ता कैयन अनुत्तरीत प्रश्न छन जस्को उत्तर सबै लाई थाहा छ तर कोही बताउन चाहाँदैनन् । यदी मलाई यौनकर्मि हुन रहर लाग्यो भने मलाई कसैले रोक्न सक्दैन चाहे कानुन चाहे परिवार । मलाई थाहा छ यही मेरो लेखमा पनि पुरुस हरुले र केही लुकेर बेश्याबृती गर्दै बाहिर बाहीर महिला यस्तो हुनुपर्छ यस्ता लुगा लगाउनु पर्छ भन्दै महिलाकै ओकालत गर्ने छद्मभेशी हरुले भद्दा सब्द मा गालि गर्न सक्छन । तर मलाई त्यस्ता हरुप्रती सहानुभुती बाहेक केही छैन । जबसम्म पुरुशहरु र केहि महिला हरु समेत औपचारिकता को खोल ओढेर महिलालाई गालि गर्दै लुकेर नाङ्गो नाच हेर्छन र खुद बेश्याबृती गर्छन तब सम्म यो समाज अठारौ सताब्दीमा छ भनेर भन्दा फरक पर्दैन ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger