Latest Updates :

वामदेवको प्रचण्डलाई प्रश्न,‘ओलीजीले नै ल्याएका कार्यक्रम लागू गर्नु थियो भने किन सरकार गिराएको नि ?

SHARE THIS POST :
काठमाडौं १५ असोज- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले संविधान जारी भएपछि सर्वस्वीकार्य रुपमा मान्नुपर्ने बताएका छन् ।एमालेकाठमाडौं क्षेत्र नं १ ले शनिबार यहाँ आयोजना गरेको शुभविजयादशमी, दिपावली, छठको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रममा उनले संविधान कानुन बमोजिम दुई तिहाइ सांसदले पारित गरेको सर्वस्वीकार्य भएको भन्दै कसैले पनि संविधानलाई मान्दैनन् भन्न नपाउने बताए ।

उनले खुलेआम मुलुकको सबभन्दा ठूलो कानुन संविधान नमान्ने नेपाली हुन नसक्ने भन्दै नेपालीले नेपालका लागि जारी गरिएको संविधानमा भारत असन्तुष्टि हुनु कुनै कारण नभएको प्रष्ट पारे ।

अघिल्लो सरकार गिराउनुपर्ने कुनै कारण नभएको बताउँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डर्फ संकेत गर्दै प्रतिप्रश्न गरे, ‘अघिल्लो सरकारको नीति कार्यक्रम र बजेट लागू गर्नुनै थियो भने किन सरकार गिराएको ?’

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सावित्री भुसाल, काठमाण्डु जिल्ला कमिटी सदस्य कृष्ण राई, काठमाण्डु महानगरपालिकाका पूर्व उपमेयर विदुर मैनाली, क्षेत्र नंका अध्यक्ष बालगोपाल उपाध्यक्षलगायतले शुभकामना दिँदै संविधान कार्यान्वयनमा जोड दिए ।




WATCH MORE VIDEOS


SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger