। सीमावर्ती भारतीय बजार वनवसामा एक नेपाली युवकलाई नशालु पदार्थ खुवाएर गएराति लुटिएको छ ।
भारतको सिमालाबाट मजदुरी गरेर घर फर्कंदै गरेका सल्यानका १८ वर्षीय राजबहादुर बुढाथोकीलाई चियामा नशालु पदार्थ खुवाएर युवती लुटेराले लुटेका हुन् ।
भारतको हरिद्वार बसपार्कमा भेटिएका दुई नेपाली भाषी युवतीले बुढाथोकीलाई आफूहरुसमेत नेपाली भएको भन्दै चिया खान लगाएका थिए ।
चियामा नसालु पदार्थ मिसाई खुवाएपछि बेहोस भएका बुढाथोकीसँग रहेको रु ७२ हजार, दुई सेट मोबाइल र लत्ताकपडालगायतका सामान लुटेराले लुटेर लगेको सहारा समूह नेपालका राजबहादुर चौधरीले बताए ।
अचेत अवस्थामा भीमदत्तनगरपालिकाको जिमुवामा भेटिएका युवकलाई स्थानीयवासी रमेश दमार्इंले गड्डा चौकीमा रहेको ‘सहारा समूह’ नेपालको सम्पर्कमा पु¥याएका थिए ।
सहारा समूहले पीडित युवालाई रु १५० खाजा खर्च र ९ सय रुपैयाँ बस भाडा उपलब्ध गराई आज घरतर्फ पठाएको छ । रासस