डरलाग्दो एउटा आवाज कोठाभित्र घुसेपछि आत्तिएर म बिउँझेँ । ओछयानसँगैको टेबुलल्याम्प बालेर ढोकातिर जान खोज्दा पिसाबले ढाडिएको मेरो शरीरभित्रको अङ्ग ज्यादै नै कडा रुपमा बाहिर निस्कन खोजेको थियो । आफ्नो कोठाको ढोका खोलेर म ट्वाइलेटभित्र पसेँ । पिसाबले बेसरी चापे पनि पिसाब फेर्न सकिनँ । धेरै बेरपछि आफूलाई सम्हालेर बल्लतल्ल पिसाब फेरेँ । फर्केर आउँदा घडी हेरेँ । भर्खर विहानको चार मात्र बजेको रहेछ ।
उत्तानो परेर ओछयानमा पल्टेँ । झ्यालको पर्दा सारेर सिरकविना नै सुत्ने प्रयास गर्दा पनि निद्रा लागेन । मनमा विभिन्न कुराहरु खेल्न थाले । दुईचार दिनको लागि पुष्पा माइत गएकी – हुनेले कोठामा म एक्लै मात्र थिएँ । निदाउन खोजेँ, तर निदाउन सकिनँ । कमिज र पाइजामा फुकालेर सुत्न खोज्दा पनि सुत्न सकिनँ । ओछयानबाट उठेर एउटा चुरोट सल्काएँ र आफ्नो मनलाई जित्न किताब पल्टाउन थालेँ । दुई-तीनवटा चुरोट लगातार खाइसकेपछि अलिअलि कपाल दुख्न थालेजस्तो लाग्यो र चुरोट निभाएर ओछयानमा पल्टेँ ।
निदाउने प्रयास जति गरे पनि निदाउन सकिनँ । पिसाब फेर्ने इच्छा भएकोले कोठाबाट बाहिर निस्केँ । त्यसबेला बिहानको ६ बजिसकेको रहेछ ।
‘चिन्न पनि बिस्र्यौ कि कसो ? नशामा नै छौ कि क्या हो ? खुब धोकेको जस्तो छ नि ?’ -फोनबाट आवाज आयो ।
‘धत् उल्लू कहीँकी ! मैले त पहिले चिन्नै नसकेको । बरु तिमीले नै पो बेसरी धोकेको हो कि जस्तो छ नि !’-मैले हाँस्दै भने ।
‘तिमी जस्तै मलाई पनि ठानेको ?’
‘के ठट्टा गरेको ? किन आज यती बिहानै फोन गर्नुपरेको ?’-मैले अलि जिस्कँदै भनेँ- ‘बिहानै मस्ती चढेजस्तो छ नि ! खै, अचेल बिर्सेको हो कि ? धेरै भयो हगि भेट नभएको ? आऊ न फुर्सद मिलाएर मज्जासित गफ गरौं ।’
‘खै के भनूँ । फुर्सदैफुर्सद । अचेल कहीं जान मन लाग्दैन । हजुर कहाँ आएर धेरै बेरसम्म कुरा गर्न मन लागिरहेछ । मलाई देखेपछि घृणा त गर्नुहुन्न होला हगि ? म त हरदम हजुरलाई सम्झेर माया गरिरहन्छु ।’
‘तिमीले पनि त्यस्तो सम्झने ? मैले तिमीलाई अरुले जस्तो ठानेको छु र ?’
‘कुरा गर्न त तिमीसँग कसले सक्छ ।’उत्तानो परेर ओछयानमा पल्टेँ । झ्यालको पर्दा सारेर सिरकविना नै सुत्ने प्रयास गर्दा पनि निद्रा लागेन । मनमा विभिन्न कुराहरु खेल्न थाले । दुईचार दिनको लागि पुष्पा माइत गएकी – हुनेले कोठामा म एक्लै मात्र थिएँ । निदाउन खोजेँ, तर निदाउन सकिनँ । कमिज र पाइजामा फुकालेर सुत्न खोज्दा पनि सुत्न सकिनँ । ओछयानबाट उठेर एउटा चुरोट सल्काएँ र आफ्नो मनलाई जित्न किताब पल्टाउन थालेँ । दुई-तीनवटा चुरोट लगातार खाइसकेपछि अलिअलि कपाल दुख्न थालेजस्तो लाग्यो र चुरोट निभाएर ओछयानमा पल्टेँ ।
निदाउने प्रयास जति गरे पनि निदाउन सकिनँ । पिसाब फेर्ने इच्छा भएकोले कोठाबाट बाहिर निस्केँ । त्यसबेला बिहानको ६ बजिसकेको रहेछ ।
‘चिन्न पनि बिस्र्यौ कि कसो ? नशामा नै छौ कि क्या हो ? खुब धोकेको जस्तो छ नि ?’ -फोनबाट आवाज आयो ।
‘धत् उल्लू कहीँकी ! मैले त पहिले चिन्नै नसकेको । बरु तिमीले नै पो बेसरी धोकेको हो कि जस्तो छ नि !’-मैले हाँस्दै भने ।
‘तिमी जस्तै मलाई पनि ठानेको ?’
‘के ठट्टा गरेको ? किन आज यती बिहानै फोन गर्नुपरेको ?’-मैले अलि जिस्कँदै भनेँ- ‘बिहानै मस्ती चढेजस्तो छ नि ! खै, अचेल बिर्सेको हो कि ? धेरै भयो हगि भेट नभएको ? आऊ न फुर्सद मिलाएर मज्जासित गफ गरौं ।’
‘खै के भनूँ । फुर्सदैफुर्सद । अचेल कहीं जान मन लाग्दैन । हजुर कहाँ आएर धेरै बेरसम्म कुरा गर्न मन लागिरहेछ । मलाई देखेपछि घृणा त गर्नुहुन्न होला हगि ? म त हरदम हजुरलाई सम्झेर माया गरिरहन्छु ।’
‘तिमीले पनि त्यस्तो सम्झने ? मैले तिमीलाई अरुले जस्तो ठानेको छु र ?’
WATCH MORE VIDEOS
‘तिमी पनि कम छयौ र ?’- मैले जिस्कँदै भने – ‘अहिले आउने हो ? अहिले म एक्लै छु ।’
‘लाज नभएको मान्छे । अझ नाङ्गै छौ कि कसो ? तिम्री बुढी पोइल गै कि क्या हो ?’ -लामो हाँसो निकाल्दै भनी- ‘केही नगर्ने भए मात्र आउँछु । भात खुवाउँछौ ?’
‘के भनेको ? मैले के गरेको छु र तिमीलाई । त्यस्तो पनि भन्ने ? ल, आऊ है त ।’
‘मासु मीठो गरेर पकाऊ है । तिमीलाई मन पर्ने तरकारी पाएँ भने लिएर आउँला । अरु कुरासँगै गरौँला ।’
‘ल, फोन राखिदिएँ है ।’
प्रेमले चुरोट सल्कायो । मनमा विभिन्न किसिमका कुरा खेलाउँदै ऊ बाथरुमतिर गयो । दिसा गरिसकेपछि साबुनले हात धुँदै ऐनामा आफ्नो अनुहार हेरेर एकपल्ट मुसुक्क हाँस्यो । अनि एकाएक उसको मुखबाट शब्द निस्क्यो -’यस्तो पनि जीवन । सधैं त्रासमा आफ्नो इच्छालाई हुर्काउनुपर्ने । म स्वतन्त्र हुनै नपाउने ।’ प्रेमले ब्रसमा मञ्जन हाल्यो र दाँत माझ्न थाल्यो । कुल्ला गरिसकेपछि मुख धोएर ऊ आफ्नो कोठामा आयो, अनि रुमालले राम्ररी मुख पुछयो ।
बाहिरबाट घण्टीको आवाज आएपछि प्रेम ढोका खोल्न गयो । ढोका खोल्नेबित्तिकै ढोका अगाडि उसले ममतालाई देख्यो । उसले मुस्कान दिँदै भन्यो- ‘ए, म त को भन्ठानेको । मैले त विश्वासै गरेको थिइनँ, जाऔँ भित्र ।’
‘म फटाहा हुँ र ?’ ममता भित्र पस्दै भन्छे- ‘म आएको तिमीलाई मन परेन कि कसो ? डरलाग्यो कि कसो ?’
‘मैले त जिस्केको होला भन्ठानेको । आउँछु भनेको कतिपल्ट भयो कति ।’
प्रेमलाई ग्वाम्म अँगालो मारेर ममता भन्छे- ‘आज त विश्वास गरिस् होइन ? तँ जस्तो काँतर र डरछेरुवा हुँ र म ?’
‘स्वास्नी पाएपछि त हामीलाई कुकुर्नी जस्तै ठान्छौ होइन त ? कुनै बेला कुकुर्नी पनि त काम लागेकी थिई नि । पछि-पछि लागेर सुँघ्दै हिडेको कुरा त बिर्सिसक्यो होला ।’-गाला सुमसुम्याउँदै ममता भन्छे -’माया लागेर माया गरेको नि । नरिसाऊ है ।’
‘रिसाएको छु र म ? जाऔं भित्र कोठामा हिँड ।’ -प्रेमले पछाडिबाट हातले ममतालाई धकेल्दै भन्यो ।
‘कति हतार भइसकेको ? बाहिरदेखि नै धकेल्न लाज लाग्दैन ! कसैले देख्यो भने ।’ -अलि लाडिँदै ममताले भनी- ‘यस्तो गर्ने हो भने म भित्र जान्नँ । पुष्पा दिदीले के भन्ठान्ली ।
के भन्ठान्ने मेरो राजालाई ? मेरो राजा कम छ र कुरा गर्नलाई ? मलाई पनि ठिक्क पार्ने उता पुष्पा दिदीलाई पनि कुराले विश्वास पार्ने होइन त ? क्या बाठो मान्छे ।’
प्रेम ममतालाई फुर्काउनसम्म फुक्र्याएर भन्छ-’जाऔँ भित्र । मजासँग बसेर कुरा गरौँ ।’
‘मजासित बस्न त दिन्छौ ? गडबड गर्ने भए त म भित्र पस्दिनँ ।’-ममता भन्छे ।
‘झन् उल्टो मलाई दोष !’-प्रेम भन्छ ।
‘मैले तिमीलाई के दोष लगाएँ ? तिमीले मलाई अँठयायौ भनेर कराउँदै हिडेँ म ? तिमीले मेरो गाला टोक्यौ भनेर हल्ला गरेँ कि ? तिमीले मेरो ब्लाउजभित्र हात घुसार्यौ भनेर चिच्याएँ कि ? पेटीकोटभित्र हात छिराएर बेसरी निमोठ्दा म चिच्चाएँ कि ? बेकारमा मलाई मात्र दोष । पर्दैन अब मसँग बोल्न ।’-रिसाएझैँ गरेर प्रेमको आँखामा एकनाससित हेरेर ममताले भनी ।
‘आज तिमीलाई खुब रिस उठेको जस्तो छ नि ? के भयो भन न ? म केही गर्न सक्छु कि ?’- प्रेमले ममताको हृदय जित्ने प्रयास गर्दै भन्यो ।
दुवैजना भित्र कोठामा गए । कौचमा बसेपछि प्रेमले ममताको मुख एकनाससित हेरिरहृयो । ममताले पनि झिम्म नगरेर प्रेमको आँखामा हेरिरही ।
‘ममता ! एकछिन बस है । म चिया बनाएर आउँछु ।’ प्रेमले भन्यो ।
‘खालि चियामा मात्र टार्न लागेको हो कि कसो ? आज तिम्रो जुवाइँ भनाउँदोसित झगडा गरेर आएकी म ।’ ममताले भनी ।
‘मासु-भात खुवाइहाल्छु नि । पहिले चिया पिऊँ, अनि जेजे गर्नुपर्ला गरौंला नि ।’-प्रेम मुसुक्क हाँसेर ममताको आङमा एक धाप दिएर कोठाबाट बाहिर निस्क्यो ।