दश हजार मेगावट विद्युत उत्पादन गर्ने महत्वकाक्षीं योजना सहित २ दिने ऊर्जा सम्मेलन काठमाडौंमा आज सुरु भएको छ । राजधानीको एक होटलमा सुरु सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुभयो । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले ऊर्जा संकट निवारण गर्ने सरकारको महत्वकाक्षीं लक्ष्य रहेकाले जलविद्युत क्षेत्रको लगानीलाई सरकारले सुनिश्चित गर्ने बनाउनुभयो । उहाँले आगामी १० वर्षमा १० हजार मेगावट विद्युत उप्पादन गर्ने सरकारी लक्ष्य रहेको भन्दै सोही अनुसारको राजनीतिक र कानूनी वातावरण बनाउन सरकार लागि परेको बताउनुभयो । कार्यक्रममा ऊर्जामन्त्री जनार्दशन शर्माले नेपालमा उत्पादित विजुलीको राम्रो बजार छिमेकी भारत रहेको भन्दै ढुक्क भएर लगानी गर्न अन्तराष्ट्रिय समुदायलाई आव्हान गर्नुभयो । ऊर्जा मन्त्रालय र ऊर्जाउत्पादकहरुको संस्था इपानको संयुक्त आयोजनामा सुरु भएको सम्मेलनमा सहित लगायत भारत, बंगलादेश, चीन लगायत देशका लगानीकर्ता तथा विज्ञ सहित ५ हजार भन्दा वढीको सहभागिता छ । सम्मेलन मार्फत सरकारले आगामी १० वर्षमा १० हजार मेगावट विद्युत उत्पादन गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । नेपालमा ठूला जलविद्युत आयोजनामा लगानीको सम्भावना , नीतिगत चुनौती, निर्माणाधिन आयोजनामा भईरहेको प्रगती तथा विद्युत व्यापार सम्झौता पीटीएका सम्वन्धमा कुराकानी छलफल तथा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुने इपानका कार्यकारी निर्देशक पशुपति ढुङ्गेलले जानकारी दिनुभयो । ढुङ्गेलका अनुसार सम्मेलनमा खासगरी सरकारको महत्वकाक्षीं लक्ष्य हासिल गर्न आवश्यक तयारी, लगानीको वातावरण, निर्माणाधिन, आयोजनाको विश्लेषण तथा वजार व्यवस्थापनका बारेमा छलफल भईरहेको छ ।