काठमाडौं, ५ असोज । बैठक, छलफलहरुमा सबैलाई उखान र तर्क हालिहाली ठेगान लगाउने केपी ओली अवाक् भए भन्दा पत्याउन मुस्किल पर्छ । तर, एकदिन त्यस्तै भयो, ‘ए, त्यसो पो रहेछ रु मलाई त पत्तै थिएन ।’
प्रसंग एमालेले भारत जानु अघिल्लो दिन प्रचण्डसमक्ष ज्ञापनपत्र बुझाएको क्षणको हो । ओलीले चेतावनीको स्वरमा भने, ‘अरु जे गरे पनि हामीले गरेको राम्रो काम उल्टाउनतिर चाहिँ नलाग्नु होला ।’
जनआस्था साप्तहिकमा खबर छ – प्रधानमन्त्रीको छेउमै बसेका उर्जामन्त्री जनार्दन शर्माले तुरुन्तै प्रतिवाद गरे, ‘कुन राम्रो काम रु ढल्केबरमा स्विच थिचेर बत्ती बालेजस्तै राम्रो काम हो रु इण्डियाबाट १० रुपैयाँ प्रतियुनिटमा बिजुली किन्ने अनि यता ८ रुपैयाँमा बेचेर प्राधिकरण डुबाउने खालको रु यस्तै ‘राष्ट्रवादी’ निर्णय नउल्टाउनु भन्नुभएको हो रु’ यसरी जनार्दनले नै अँठ्याएपछि हो ओलीले अनभिज्ञता प्रकट गरेको ।
हुन पनि इञ्जिनियरहरुले कुन स्वार्थमा के भन्छन्, त्यही त गर्ने हो हाम्रा नेताहरुले १
अलिक ढिलो पुगेका माओवादी नेता जनार्दन शर्मा प्रभाकरले दुवै प्रम भएको ठाउँमा प्रष्ट पारे– एउटा कुरा भन्छु, भूपूज्यूलाई सायद थाहा छैन होला । हामीले तपाईंले स्विच थिचेका दिनदेखि भारतलाई मासिक १ अब २० करोड तिर्नुपरेको छ ।
ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन एउटा प्राइभेट कम्पनीले बनाइदिएको हो । उसले हामीसँग त्यसको भाडा असुल्दै छ ।
यति सुन्नु के थियो, अर्का पूर्व प्रधानमन्त्री तथा एमाले नेता माधव नेपालले आश्चार्य दर्शाउँदै सोधे, ‘ए त्यसो हो र १ यससम्बन्धी तपाईंसँग केही डकुमेन्ट छ ?’

WATCH MORE VIDEOS